विश्वकप फुटबलः पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा
- शनिबार, १७ मंसिर, २०७९
- 1 month ago
- खेल

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै खेलको २७औं मिनेटमा कोरियाका किम योङ जीओनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफसम्म एक(एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जीत सुनिश्चित गर्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि २–१ को जित निकाल्यो ।
यसैबीच आजै भएको समूह एचको अर्को खेलमा उरुग्वे घानालाई २-० गोलअन्तरले विजयी भएको छ । घानाले खेलको १७औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।
त्यस्तै उरुग्वेले खेलको २६औं मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गरे ।
यससँगै समूह एचबाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अंक जोड्दै समूहको पहिलो स्थानमा रह्यो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले ४–४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घानाले ३ अंक जोड्दै चौथो स्थानमा रहयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 8 minutes ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
बढ्यो सुनको मूल्य
- 13 minutes ago

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन
- 28 minutes ago

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।