वेल्समाथि इरानको रोमाञ्चक जित
- शुक्रबार, ९ मंसिर, २०७९
- 2 months ago
- खेल
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा इरानले पहिलो जित निकालेको छ । शुक्रबार अहमद बिन अलि स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई इरानले २–० गोल अन्तरले हराएको हो ।
इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक–एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले तथा १०१ औं मिनेटमा रामिनले गोल गरे । खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिन पुग्यो ।
इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
जितसँगै इरानले समूह ‘बी’मा २ खेलमा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । वेल्स समान खेलबाट १ अंकसहित पुछारमा छ । यस्तै, १ खेलमा ३ अंकसहित इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा १ खेलबाटै १ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
- 21 minutes ago

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
- 36 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी
- 48 minutes ago

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।