जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

एजेन्सी । बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस  विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फेरि फर्किएका छन् ।

 

प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार २.४ प्रतिशत(४.५ बिलियन डलर) ले गिरावट आएपछि जेफ बेजोस धनी व्यक्तिको सूचीको पहिलो स्थानमा ६ हप्तापछि फर्किएका हुन् । 

 

ब्लूमबर्गको अर्बपतिको सूचीमा जेफ बेजोसले पनि स्टक मार्केटमा केही मात्रामा सम्पत्ति गुमाएका छन् । ब्लूमबर्गका अनुसार बेजोसले ३७२ मिलियन अमेरिकी डलर गुमाएका छन् । बेजोस १९१ बिलियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहँदा मस्क भने १९० बिलियन डलरसहित दोस्रो स्थानमा रहेका छन् ।

 

गत जनवरीमा मस्कको कम्पनीको सेयर एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो ।

 

यता माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 1 hour ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 1 hour ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।