उलविच लेटनाइट फार्मेसीमा कोभिड–१९ को बुस्टर डोज पनि उपलब्ध

Norvic Hospital
  • बिहीबार, ४ कार्तिक, २०७८
  • 1 month ago
  • युके

लण्डन । एनएचएसमा रहेको उलविच लेटनाइट फार्मेसीले कोभिड–१९ को बुस्टर डोज पनि उपलब्ध गराएको छ । यसै वर्षको सुरुवातदेखि पहिलो र दोस्रो डोजको कोरोनाविरुद्धको खोप उपलब्ध गराउँदै आएको फार्मेसीमा बुस्टर डोज पनि लगाउन सक्नेछन् ।  

 

उलविच लेटनाइट फार्मेसीका अनुसार जुनै प्रकारको कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि फाइजर डोज लगाउन सक्नेछन् ।  फार्मेसीका अनुसार कोभिड–१९ बुस्टर लगाउने क्रममा एनएचएस फ्लु जाब निशुल्क रुपमा अफर गरेको छ । 

 

उलविच लेटनाइट फार्मेसीले उपलब्ध गराउने यो सुविधाको लाभ लिन समुदायमा खोपका लागि योग्य भएकाहरुलाई आग्रह गरेको छ । 

 

के हो कोभिड–१९ बुस्टर भ्याक्सिन ?

 

कोभिड–१९ बुस्टर भ्याक्सिनले प्रतिरोधात्मकको वृद्धि गर्ने काम गर्छ । यसअघि लगाएका दुईवटा कोरोनाविरुद्धको भ्याक्सिनको क्षमतलाई समेत वृद्धि गर्छ । कोभिड–१९ बाट संक्रमित हुन नदिन लामो समय अवधिका लागि सुरक्षा प्रदान गर्ने काम गर्छ । 

 

कस्ता व्यक्तिहरुले लगाउन सक्नेछन् कोभिड–१९ बुस्टर भ्याक्सिन ?

 

बुस्टर भ्याक्सिन एनएचएसमा रहेका मानिसहरुलाई उपलब्ध हुनेछ जसले कम्तिमा ६ महिना अघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । पचास वर्ष वा सो भन्दा माथिका व्यक्ति, केयर होममा बस्ने र काम गर्ने, फ्रन्टलाइन हेल्थ र सोसियल केयर वर्कर्स, १६ वा सोभन्दा माथिका जसलाई कोरोना सक्रमण हुने उच्च जोखिम रहेका छन्, १६ वर्ष वा सोभन्दा माथि जो कोरोना संक्रमितको उच्च जोखिममा रहेका हेरचाह गर्दै आइरहेका छन्, १६ वर्ष वा सोभन्दा माथिका जो (एचआइभी, ट्रान्सप्लान्ट वा क्यान्सर रोगी) सहजै संक्रमणको चपेटमा पर्न सक्छन्, गर्भवती महिला जो बुस्टर डोज लगाउन योग्य छन् त्यस्ता व्यक्तिहरुलाई बुस्टर डोज उपलब्ध हुने फार्मेसीले जनाएको छ । 

 

कसरी र कहिले कोभिड–१९ को बुस्टर उलब्ध पाइनेछ ?

बुस्टर डोज लगाउन ६ महिना अघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएको हुनुपर्ने फार्मेसीले जनाएको छ । एनएचएसले बुस्टर डोज लगाउने मितिबारे जानकारी गराउने फार्मेसीले जनाएको छ ।

 

एनएचएसमार्फत बुस्टर डोज लगाउनेबारे जानकारी लिन सकिनेछ । अधिकांश व्यक्तिलाई कोरोना बुस्टर डोज लगाउन समय बुकिङ गर्नका लागि आग्रह गरिने बताइएको छ । बुस्टर डोज भ्याक्सिनेशन सेन्टर, फार्मेसी र स्थानीय एनएचएस सर्भिस जस्तै जिपी सर्जरीमा उपलब्ध हुनेछ ।

 

बुस्टर डोजका लागि फ्रन्टलाइन हेल्थ तथा सोसियल केयर वर्कर्सले अनलाईमार्फत समय बकिङ गर्न सक्नेछन् ।

 

एनएचएसले कहिले बोलाउला भनेर कुर्नु समेत पर्ने छैन । जो व्यक्तिहरु एनएचएस ट्रष्ट वा केयर होममा काम गर्दै आइरहेका छन् उनीहरुलाई उनीहरुकै कर्मचारीहरुबाट कोरोनाको बुस्टर डोज दिइनेछ । 

 

 

 

 

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 3 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 3 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।