बहुमूल्य काठ सङ्कटमा

ग्याबोनमा पाइने फर्निचर बनाउन प्रयोग हुने खँदिलो र बहुमूल्य केभाजिङ्गो प्रजातिको रुखलाई एसियाको भूमध्यरेखीय अफ्रिकाका कैयौं मानिसले अति पवित्र ठान्छन् । हुर्काउन पाँचसय वर्षभन्दा बढी समय लाग्ने यी रुख काट्न गत मार्चदेखि ग्याबोनमा प्रतिबन्ध लगाइएको छ, तर यतिले मात्र पर्यावरणीय मुद्दा सकिएका छैनन् । 

 

अलपत्र छाडिएको वा काठका कारोबारीबाट जफत गरिएको यस्तो बहुमूल्य काठ बिक्री गर्न पाइने कानुनी व्यवस्थाले समस्या सिर्जना गरेको वातावरणकर्मीको भनाइ छ । यो कानुनी छिद्रले काठका व्यवसायीलाई अझ सहज बनाएको उनीहरुको धारणा छ । 

 

रुख काट्न लगाइएको प्रतिबन्धको मुख्य आशय नै यो बहुमूल्य काठको तस्करीलाई सीमित गर्नु हो, वन विभागका महानिर्देशक सिम्लीस एन्टेमेले बताए । पश्चिमी अफ्रिकाको ग्याबोनको ८५ प्रतिशत भूभाग जल र वनले ढाकेको छ । 

 

तर ग्याबोनको उत्तरी उलेउ–एन्टेम क्षेत्रको राजधानी ओएमका निबासी ५४ वर्षीय मार्सलले पछिल्लो व्यवस्थाबाट अतिकम परिवर्तन मात्र भएको बताए । “अधिकारीहरुले अबदेखि रुख काट्न पाइन्न भनिरहेका छन्, तर केभाजिङ्गो रुख बोकेका ठुल्ठूला ट्रक निर्वाध ओहोर दोहोर गरिरहेका छन् र अधिकांश ट्रक राजधानी लिब्रभिलतर्फ नै गइरहेका छन् ।” 

 

सरकारले छ महिनासम्म ढलापडा अवस्थामा रहेका केभाजिङ्गो रुखहरुलाई बिक्रीका लागि उठाउन पाइने कानुनमै व्यवस्था गरेको छ । 

 

“कसले यी रुख ढालेर छ महिनासम्म त्यतिकै छाड्छ ?” ग्याबोनको पर्यावरणीय गैसस ब्रेनफोरेस्टका अध्यक्ष मार्क ओनाले प्रश्न गरे । “यही क्षेत्रमा काम गरेको लामो अनुभवका आधारमा के देखिन्छ भने केही काठ कम्पनीहरु वा गाउँले समेतले अवैध रुपमा रुख काट्ने गर्दछन् । त्यसपछि छ महिना पुगेपछि उनीहरु यी रुख ढलापडा भन्दै बाहिर निकाल्न थाल्छन् ।” 

 

ग्याबोनमा क्रियाशील संरक्षण न्याय (कन्जरभेसन जस्टिस) का अध्यक्ष लुक म्याथोट भन्छन्, “त्यही कारण यो एक किसिमले अवैध काठलाई शुद्धीकरण गर्ने एक तरिका मात्र भएको छ ।” 

 

केभाजिङ्गो काठको रङ गाढा गुलाबी–रातोदेखि गुलाबी–खैरोसम्म हुने गर्दछ । सयौं वर्ष पुराना यी भीमकाय रुख काट्ने कार्य यहाँको मुख्य व्यवसाय नै हो । एकसय ५० भन्दा बढी वनसँग सम्बन्धित फर्महरु ग्याबोनमा सक्रिय छन् । यो उद्योगले खुद घरेलु उत्पादनको करिब पाँच प्रतिशत योगदान गरेको छ । 

 

सन् २०१४ देखि काठ व्यवसायी कम्पनीहरुले स्कुल र औषधि उपचार जस्ता सेवाका लागि स्थानीय गाउँ कमिटीलाई शुल्क बुझाउनुपर्ने बाध्यकारी नियम समेत बनाइएको छ । व्यवहारमा यस्तो कमै मात्र देखिन्छ । स्थानीयबासीले कम्पनीबाट पैसा उठाउन बाटो छेक्नुपर्ने अवस्था छ । 

 

“यो अत्यन्तै दुर्भाग्यपूर्ण हो, तर कम्पनीहरुलाई हामीले बहादुरी देखाउन बाध्य हुन्छौं,” ओएम नजिकैका इसोङ मेडजोम गाउँका हर्भ अल्लोगोले बताए । उनी सडकमा काठको ढाट तेस्र्याएर पैसा उठाउने काम गर्छन् । 

 

काठ व्यवसायीहरुले भने सरकारको काम गराइका बारेमा स्थानीय जनतामा पर्याप्त ज्ञान र सूचनाको अभाव रहेको औंल्याएका छन् । “प्रशासन अति सुस्त छ, किनभने काठ व्यवसायको अनुमतिका लागि धेरैवटा चरण पार गर्नु पर्दछ,” कोम्पाग्नी डान ग्याबोनका निर्देशक इबोउङ्गा एमबोउमाले बताए । उत्तर क्षेत्रमा कृयाशील यो फर्म चिनीया लगाीनमा स्थापना भएको हो । 

 

सरकारले ग्याबोनभित्रै काठ प्रशोधन उद्योग खोल्न अभिप्ररित गरिरहेको छ, तर कच्चा काठ अन्यत्रै निकासी भइरहेको छ । 

 

राजधानी लिब्रभिल नजिकको एउटा कारखानाले विदेशी बजारका लागि केभाजिङ्गो काठबाट बहुमूल्य फर्निचर उत्पादन गर्दछ, ग्याबोन विशेष आर्थिक क्षेत्र (जीसेज) का कुमार मोहन बताउँछन् । 

 

एन्टेम भन्नुहुन्छ – जीसेजले एक क्युबिक मिटर काठको ८७ अमेरिकी डलर र राज्यले काठको मूल्यको २५ प्रतिशत मात्र पाउँछ । 

 

एउटा काठको टुक्रालाई कुँदेर बनाइएको सामग्री भएमा त्यसको मूल्यले आकाश छुन्छ । व्यवसायीहरुका अनुसार एक क्युबिक मिटर काठको मूल्य ६१० युरोदेखि एक हजार ८०० युरोसम्म पर्दछ । 

 

त्यहीकारण व्यवसायीहरु ढलापडा काठको खोजीमा दिनरात जुटेका हुन्छन् । साना तथा मझौला व्यवसायी संघसँग आबद्ध व्यक्तिहरुको भनाइमा उनीहरुले पनि क्युबिक मिटर काठको मूल्यको ३० प्रतिशत प्राप्त गर्दछन् । 

 

उनीहरुले प्राप्त हुने ३० प्रतिशतबाट करिब १२ प्रतिशत केभाजिङ्गो काठको व्यवस्था गर्ने गाउँलेहरुलाई दिन्छन् । कानुनतः, केभाजिङ्गो रुखमाथिको सम्पूर्ण अधिकार राज्यको हो । विभिन्न स्रोतले ग्याबोनमा ५० लाख क्युबिक मिटर केभाजिङ्गो काठ रहेको अनुमान गरेका छन् । 

 

मार्चदेखि रुख काट्न प्रतिबन्ध लगाएपछि एन्टेमको राष्ट्रिय वन निकायले केभाजिङ्गो रुखको नयाँ फडानी नभएको दाबी गरेको छ । “ढिलोमा डिसेम्बरभित्रै सबै ढलापडा केभाजिङ्गो रुखहरु वन क्षेत्रबाट बाहिर ल्याइसकिन्छ र त्यसपछि वनभित्रबाट रुख ल्याउन पाइन्न,” निर्देशकले बताए । 

 

तर वन क्षेत्रमा कार्यरत व्यक्तिहरुले अन्तर्राष्ट्रिय स्तरमै माग बढेका कारण यसको गैरकानुनी कटान नरोकिने बताएका छन् । काठ व्यवसायी इम्मानुएल एन्जुले भने– जीसेजसँगको संयुक्त लगानी आउनु अघि हामीले नगदमै यस्तो काठ एसियालीहरुलाई सोझै बेच्ने गरेका थियौं । 

 

संरक्षण न्यायका अनुसार वनक्षेत्रमा अलपत्र देखिने सबैजसो काठ गैरकानुनी नै हो । तर एन्जुले केभाजिङ्गो काठमाथि सरकारी प्रतिबन्धले यस काठप्रति एसियाली ग्राहकको रुचि कम हुँदै जाने विश्वास व्यक्त गरे । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको स्वास्थ्यावस्था ?

  • 4 minutes ago
कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको  स्वास्थ्यावस्था ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ ।

प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

  • 13 minutes ago
प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कास्की । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले फागुन १७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

  • 21 minutes ago
साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएपछि पहिलो



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।