श्रीमान् नै पराई भएपछि...

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै बसेका उनको जोडी रोजगारीको अवसर नपाएपछि कमाई गर्न विदेश जाने निष्कर्षमा पुग्यो । 

 

श्रीमतीले घर धान्ने र श्रीमान् विदेश गई कमाई गर्ने सल्लाहबमोजिम टेकसिंह ७ वर्षअघि कतार गए । कतारमा तीन वर्ष बसेका उनी त्यहाँ रहँदा भएको सबै कमाई घरमा  पठाउँथे । श्रीमान् श्रीमतीबीच दिनहुँजसो फोनमा कुराकानी हुन्थ्यो । घर आउनेजाने चलिरहन्थ्यो । कतार बसाइ बिट मारेर घर आएका उनी केही समय मात्रै घर बसेर फेरि विदेश जाने निर्णयमा पुगे । कतारमा कमाएको पैसाले आफ्नै ठाउँमा कुनै रोजगार गर्न चाहन्थिन् तिलकुमारी । तर टेकसिंह भने नेपालमा कमाउन नसकिने भन्दै चार वर्षअघि कुवेत गए । कुवेत गएका उनी सुरुसुरुमा घरमा नियमित फोन गर्थे । सन्चोबिसन्चो फोनबाट आदानप्रदान हुँदा तिलकुमारीलाई श्रीमान् घरमै भएजस्तो लाग्थ्यो ।

 

टेकसिंहले घरमा श्रीमती, बुबा, आमा र छोरीलाई फोन गर्न छोड्दै गए । दैनिक फोन आउने तिलकुमारीको मोबाइलमा श्रीमान्को फोन आउन छोडेपछि मनमा चिसो पस्यो । सुरुमा त उनले बिरामी भएर वा अत्यावश्यक कामले व्यस्त भएर फोन नआएको होला भन्ने लख काटिन् । हप्ता बिते, महिना बिते उनको मोबाइलमा फोन आउन छोड्यो । 

 

श्रीमान्ले फोन गर्न छाडेको लामो समय भएको वयोवृद्ध सासुससुरालाई सुनाइनन् । छिमेकी तथा अरू इष्टमित्रलाई भनिन् तर कसै गरी श्रीमान्ले फोन नगर्नाका कारण बुझ्न सकिनन् । एक दिन सम्झेर पक्कै पनि फोन गर्लान् भन्ने सोचाइमा उनको चार वर्ष बितिसकेको छ तर श्रीमान्को फोनको घण्टी भने अझै बजेको छैन ।

 

श्रीमान् सम्झँदै छोरीहरुको भविष्य बनाउने, पढाउने काम, घरको दैनिकी तथा ८७ वर्षीय ससुरा र ७७ वर्षीया सासूको रेखदेख र स्याहारसुसार गर्दै उनको दिन बितिरहेको थियो । तर आम्दानीको भने कुनै स्रोत थिएन । घरमा भएको अन्नले जीविका चले पनि नुनतेल त किन्नै पथ्र्यो  । उनले वर्षातमा फल्ने चिउरी टिपेर नुनतेलको जोहो गर्थिन् । आम्दानीको स्रोत बनेको चिउरीको बोटले नै उनलाई जीवनमरणको दोसाँधमा पु¥याउला भन्ने कहिल्यै सोचिकी थिइनँ । उनको जीवनमा नसोचेकै घटना घट्यो । 

 

गत असारमा चिउरी टिप्न रूख चढेकी उनी खुट्टा चिप्लिएर भुइँमा बजारिन पुगिन् । रूखबाट लडेर अचेत  अवस्थामा रहेकी उनी गाउँलेको सहयोगमा घरसम्म पुगिन् । उपचारका लागि रोल्पा जिल्ला अस्पताल पु¥याइएकी उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा लगियो । कम्मरमुनिको पूरै भाग नचल्ने भएपछि शल्यक्रिया गरियो । भैरहवा अस्पतालको २१ दिनको बसाइपछि उनी घर  फर्किइन् ।  

 

शल्यक्रियापछि पनि उनको स्वास्थ्यमा सुधार आएन । अहिले उनी सदरमुकाम लिवाङमा  होटेल व्यवसाय गर्दै आएका दिदीभिनाजुसँग बस्दै आएकी छिन् । हिँड्डुल गर्न सक्दिनन् ।  ओछ्यानमै दिसापिसाब हुने गर्छ । नाबालक छोरीहरु १२ वर्षीया विसी, ११ वर्षीया विविका, पाँच वर्षीया बीमा र चार वर्षीया रीया गुरुङ आमाको अवस्था हेरेर टोलाउनेबाहेक के गर्न सक्थे र ? बुबाका कारण अबोध बालबालिकाले पाइरहेको वेदनाले बालअधिकारलाई गिज्याइरहेको छ । 

 

उनीहरु सदरमुकाममा रहेका दुई सरकारी विद्यालयमा पढ्छन् । विसी, विविका र बीमा बालकल्याण माविमा पढ्छन् भने कान्छी रीया बालमन्दिर प्राथमिक विद्यालयमा पढ्छिन् । राम्रो लाउने, मीठोखाने उनीहरुका लागि एकादेशको कथाजस्तो भएको छ । बुबाको वात्सल्यबाट वञ्चित उनीहरु आमाको रोगी र जीर्ण शरीर मायाको स्रोत बनेको छ । परिवारमा राम्रो सम्बन्ध रहेको साढुभाइमा एकाएक आएको परिवर्तनले आफूलाई आश्चर्य लागेको तिलुमारीका भिनाजु पूर्णसिंह पुनको भनाइ छ । अन्य केटीसँग सम्बन्ध भएर घरमा सम्पर्कविहीन भएको पूर्णसिंहको भनाइ छ ।  लिवाङमा होटेल व्यवसाय गर्ने पुनले तिलकुमारीको रेखदेख तथा बालबच्चाको शिक्षादीक्षा र पालनपोषणको काम गर्दै आएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

  • 7 hours ago
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

  • 9 hours ago
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

  • 9 hours ago
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।