३ करोडका लागि आफ्नै श्रीमानको विभत्स हत्या !

एजेन्सी । भारतको तामिलनाडुमा एक जना पत्नीले आफ्नै पतिको विभत्स हत्या गरेकी छन् । उनले तीन करोड भारुका लागि आफ्नो श्रीमान्को हत्या गरेको मिडिया रिपोर्टका उल्लेख छ । 

 

उनले आफ्नो काकाको छोरासँग मिलेर श्रीमानको हत्या गरेको बताइएको छ । उक्त हत्यालाई उनले दुर्घटना बनाउन खोजेकी थिइन् । 

 

 

इरोड जिल्लाको पेरुन्दुरईमा बस्दै आइरहेका ६२ वर्षिय रंगराजनकी पत्नीले विमाको पैसा पाउन आफ्नो श्रीमानलाई गाडीमा जलाएर हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

यस कामका लागि उनले आफ्नो काकाको छोराको मदत लिएकी थिइन् । रंगराजन लामो समयदेखि रियल स्टेटको विजनेश गर्दै आइरहेका थिए । गएको महिना उनी एउटा दुर्घटनामा पनि परेका थिए । उपचारका लागि अस्पताल भर्नाका भएका श्रीमानलाई उनकी श्रीमतीले डिस्चार्ज गरेर घर लैजान चाहिन् । 

 

५५ वर्षिय पत्नी ज्योती मणि र उनको काकाको छोरा राजाले उनलाई अस्पतालबाट डिस्चार्ज गरे । दुवै जना मिलेर उनको हत्याको षड्यन्त्र रचेका थिए । जब उनीहरु पेरुमानल्लुर पुगे तब श्रीमती र उनको भाइै मिलेर रंगराजनलाई गाडीमा नै जिउँदै जलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।  

 

जब प्रहरीले पत्नी र उनको भाईसँग बयान लियो तब प्राप्त प्रमाण र उनीहरुले दिएको बयान मिलेन । त्यसपछि प्रहरीले कडाईका साथ सोधपुछ गर्दा उनीहरुले विमाको पैसा पाउन हत्या गरेको स्वीकार गरे । उक्त घटनाबारे थप अनुसन्धान भइराखेको बताइएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 4 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 4 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 4 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।