हाम्रो आँखामा किन आउँछ आँशु ?

सांकेतिक तस्बिर

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् । मानिसहरुको रुने कारणहरु फरक–फरक हुन्छन् ।

 

तपाई के कारणले रुनुहुन्छ ? अर्थात् तपाईको आँखामा किन आँशु आउँछ । सामान्यतया पुरुष रोएमा राम्रो मानिँदैन । तर यस्ता थुप्रै मानिसहरु हुन्छन् जो एकदमै रुन्छन् । पहिलो प्रश्न यो रहेको छ कि पुरुष कम रुन्छन् भने यसको कारण के रहेको छ ? रुनुबाट के फाइदा हुन्छ ? यसका साथै सबैभन्दा ठूलो प्रश्न यो रहेको छ कि आखिर मानिस किन रुन्छ ? विभिन्न अनुसन्धानहरु यो बताउँछ कि पुरुषको तुलनामा महिला बढी रुन्छन् ।

 

मनोवैज्ञानिक विलियम फ्रेको १९८२ को अनुसन्धानका अनुसार महिलाहरु औषतमा महिनाको ५ पटक भन्दा बढी रुन्छन् । त्यहीँ उनीहरुको अनुपातमा पुरुषको महिनामा रुनु अनुपात दुई पटक पनि छैन । जब कुनै महिला रुन्छन् उनीहरु औसतमा ५ देखि ६ पटक रुने गर्छन् । उनीहरुको अनुपातमा पुरुषले रुनका लागि २ देखि ३ मिनेट खर्च गर्छन् ।

 

हल्याण्डका मनोवैज्ञानिक विंगरले रुनुमा थुप्रै अनुसन्धान गरेका छन् । उनी बताउँछन् कि पुरुष र महिलाबीच रुनुको फरक बाल्यकालदेखि नै आउँछ । यद्यपि जब शिशुको जन्म हुन्छ, चाहे महिला होस् या पुरुष दुवै बराबर रुन्छन् ।

 

नवजात शिशु यसकारण रुन्छन् ताकि आफ्ना आमा बाबुको ध्यान आफूतिर परोस् । तर यदि जब मानिस ठुलो हुन्छ तब कसरी महिला र पुरुषको रुने अनुपातमा फरक आउँछ ? जुन देशमा रुनुलाई नराम्रो मानिँदैन त्यहाँका मानिसहरु अत्यधिक रुन्छन् । तर रुनुलाई नराम्रो मान्ने देशमा भने मानिस कम रुन्छन् ।

 

विंगर ह्वाइट्सको रिसर्चमा एक अर्को अनौठो कुरा के रहेको छ भने धनी राष्ट्रमा मानिसहरु बढी रुन्छन् । यद्यपि विंगर यो ठान्दछन् कि समाजको साथसाथै टेस्टोस्टेरोन नामको हर्मोनको कारणले पनि हामी रुनुमा प्रभाव पार्छ । उनी यो बताउँछन् कि प्रोस्टेट क्यान्सरको शिकार भएका मानिसलाई उपचारको क्रममा जुन औषधि दिइन्छ, त्यस औषधिमा टेस्टोस्टेरोन कम हुन्छ ।

 

यसकारणले प्रोस्टेट क्यान्सरका बिरामीहरु धेरै रुन्छन् । यद्यपि तपाई यो पनि भन्न सक्नुहुन्छ कि उनीहरु यसकारण बढी रुन्छन् किनभने उनीहरुलाई क्यान्सर जस्तो प्राणघातक रोग लागेको छ । तर प्रश्न भने उही रहेको छ, हामी किन रुन्छौँ ? यसको जवाफ रहेको छ कि, हामीलाई थाहा छैन । सम्पूर्ण जीवहरुमा मानिसमात्र रहेको छ कि दुखी भएर रुने गर्दछ ।

 

पहिले भन्ने गरिन्थ्यो कि हात्ती पनि रुन्छ, तर अहिलेसम्म यसको कुनै बलियो प्रमाण छैन । हामीलाई थाहा छैन कि हामी दुखी हुँदा रुन्छौँ, तर कैयौं पटक खुसी हुँदा पनि हाम्रो आँखाबाट आँशु आउँछ । केही मानिसहरु बताउँछन्, कि मानिस सामाजिक प्राणी हो यसकारण कैयौं पटक रुँदै आफ्नो पिडा कम गर्छन् । तर यसको कुनै बलियो प्रमाण छैन ।

 

सायद चाहिनेभन्दा बढी भावुक भएर मानिस रुन थाल्छन् । विंगर आफ्नो रिसर्चबाट बताउँछन् कि मानिस रोएपछि आफूलाई हल्का महशुस गर्छन् । सन् २०१५ मा उनले केही मानिसहरुसँग केही विशेष फिल्म हेर्नका लागि आग्रह गरे । त्यसमा गरिएको अनुसन्धान अझैपनि रहस्य नै बनेको छ । यसमा अझै थुप्रै अनुसन्धानको आवश्यक रहेको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।