Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपमा पुग्न नेपाललाई १३५ रनको लक्ष्य

विश्वकपमा पुग्न नेपाललाई १३५ रनको लक्ष्य


काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा जारी छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले नेपालसामु १३५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो । युएईका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए ।

५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, मुहम्मद वासिमले १६ बलमा २६ रन, अलिशान सराफुले १४ बलमा १६, आसिफ खानले १४ बलमा १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए भने अविनाश बोहरा, सोमपाल कामी, रोहित पौडेलले एक–एक विकेट लिए ।

यो खेलको विजेताले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

Techie IT