भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै
- सोमबार, १२ माघ, २०७७
- 1 month ago
- नेपाल

काठमाडौं । नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ।
नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।
कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो। वैदेशिक रोजगार विभागले भने यस घटनाप्रति नेपाललाई कतारले हेपेको बताएको छ।
विभागका महानिर्देशक कुमार दाहालले भने, ‘नेपाली युवालाई कतारले धमाधम भारतीय बाटो हुँदै लगिरहेको भन्ने सूचना प्राप्त भएको छ यो सरासर गलत काम हो, कतारबाटै श्रम सम्झौता उल्लंघन भयो।’
तर यसबारे विभागले भने त्यसरी कतार जानेहरूको धमाधम रेकर्ड राख्न थालेको पनि महानिर्देशक दाहालले बताए।
आजको कान्तिपुर दैनिकमा यो समाचार छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्यो
- 1 minute ago

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह
प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय
- 2 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय गरेको छ।
अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
- 13 minutes ago

एजेन्सी । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।