Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किए

एकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किए


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेन्द्र बिष्टसहित बैतडी जिल्ला अध्यक्ष महादेव भट्टसहित केही नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्। उनीहरुलाई बिहीबार बैतडीको गोठालापानीमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।

एमालेले सुरु गरेको झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आयोजित आमसभामा ओलीले टीका लगाएर उनीहरुलाई स्वागत गरे।

एकीकृत समाजवादीका दार्चुला जिल्ला इन्चार्जसमेत रहेका बिष्ट एमाले बैतडीका अध्यक्ष पनि थिए। उनी एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए।

एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी पनि एमालेमा फर्किएका छन्।

त्यस्तै, कांग्रेसबाट कारबाहीमा परेका सरस्वती कोली र रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रहरीका १९ जना डीएसपीहरूको पदस्थापन

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखायाे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाएका

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई

Techie IT