मंगल ग्रहमा पानी भेटियो

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकले मंगल ग्रहमा पानीको स्रोत खोजेका छन् । वैज्ञानिकले मंगल ग्रहको जमिन मुनि तीनवटा तलाउ फेला परेको पुष्टि गरेका छन् । दुई वर्ष अगाडि पनि मंगल ग्रहको दक्षिणी ध्रुबमा एउटा ठुलो नुनिलो पानी भएको तलाउ पत्ता लागेको थियो । तर, उक्त झील बरफमुनी दबेको बताइएको थियो ।

 

अब भविष्यमा मंगल ग्रहमा गएर बस्न सकिने र पानीको प्रयोग गर्न सकिने बताइएको छ । 

 

युरोपियन स्पेसी एजेन्सी स्पेसक्राप्ट मार्स एक्सप्रेसले सन् २०१८ मा बरफ मुनि नुनिलो पानी भएको तलाउ फेला पारेको थियो । उक्त तलाउ पुष्टि गर्नका लागि सन् २०१२ देखि २०१५ सम्म मार्स एक्सप्रेस स्याटलाइट २९ पटक उक्त क्षेत्रबाट अवलोकन गरेको थियो ।

 

त्यही क्षेत्रका आसपासमा थप तीन वटा तलाउहरु फेला परेका थिए । उक्त तीन वटा तलाउका लागि स्पेसक्राप्टले सन् २०१२ देखि २०१९ सम्म १३४ पटक अवलोकन गरेको बताइएको छ । 

 

मंगल ग्रहको सहतमा पानी तरल अवस्थामा देखिएको थियो । विज्ञान म्यागजिन नेचर एस्ट्रानोमीमा यो प्रकाशित रहेको छ । सन् २०१८ मा खोजिएको तलाउ मंगल ग्रहको दक्षिणी ध्रुबमा रहेको छ । यो बरफले ढाकिएको छ । करिब २० किलोटिमर यसको चौडाई रहेको छ । मंगल ग्रहमा भेटाइएको यो सबैभन्दा ठुलो पानीको स्रोत हो । 

 

रोम विश्वविद्यालयका एस्ट्रोसाइन्टिस्ट एलना पेटीनेलीका अनुसार हामीले दुई वर्ष पहिला खोजी गरेको तलाउ आसपास अरु तीनवटा झील रहेका थिए । मंगल ग्रहमा पानीको स्रोत एकदमै दुर्लभ जस्तो देखिएको थियो । यसअघिका अध्ययनमा जलबारे केही संकेत भने अवस्य मिलेको थियो । 

मंगल ग्रह एउटा सुख्खा र बंजर ग्रह भएको अनुमान गरिएको थियो तर, त्यो शका भने अब रहेन । कुनै निश्चित परिस्थितिमा पानी तरल अवस्थामा मंगल ग्रहमा पाइएको छ । वैज्ञानिकहरुलाई लागि रहेको थियो कि मंगल ग्रहमा भरपुर मात्रामा पानी बगिरहेको छ । अब यो विश्वास विस्तारै पुष्टि हुँदै गएको उनीहरुको दाबी रहेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड र नेपालले पाण्डे, न्यौपाने र ढकाललाई बालुवाटार पठाए

  • 12 minutes ago
प्रचण्ड र नेपालले पाण्डे, न्यौपाने र ढकाललाई बालुवाटार पठाए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालले आफू खेमाका नेताहरुलाई बालुवाटार पठाएका छन् । उक्त समूहको स्थायी कमिटी बैठकको नि

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 40 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

  • 41 minutes ago
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।