चीनमा देखियो नयाँ भाइरस, मानिसका लागि कति खतरनाक ?

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । यसैबीच चीनमा नयाँ भाइरस फेला परेको बताइएको छ । वैज्ञानिकहरुका अनुसार चीनमा भेटिएको नयाँ भाइरस फैलिने सम्भावना झन् बढी रहेको छ ।

 

क्लुको वर्तमान भ्याक्सिन यो भाइरसविरुद्ध मानव शरिरको रक्षा गर्न सक्षम नरहेको बताइएको छ । सुँगुरमा देखिएको यो भाइरस मानवलाई संक्रमित बनाउन उत्तिकै क्षमता राख्ने मिडिया रिपोर्टमा उल्लेख छ । 

 

के हो यो भाइरसको नाम ? 

 

यो भाइरसलाई जिएफो इए एचवानएनवान नाम दिइएको छ । अनुसन्धानकर्ताका अनुसार यो भाइरस म्युटेड हुने झन् खतरा रहेको छ ।

 

विश्वभर यो भाइरस फैलिएमा अर्को ठुलो दुर्घटना हुनसक्ने उनीहरुको अनुमान रहेको छ ।

 

त्यस्तै त विश्व कोरोना भाइरससँग जुधिरहेको छ । 

 

कति खतरनाक छ यो भाइरस

 

यो भाइरसले पुरै विश्वमा महामारीको खतरा ल्याउन सक्छ । यो फ्लु भाइरसमा सबै लक्षण रहेको बैज्ञानिकहरु बताउँछन् । यो भाइरसलाई निकै गहिरोका साथ अध्ययन गर्नु आवश्यक रहेको बताइएको छ ।

 

यो भाइरस नयाँ भएका कारण मानिसमा प्रतिरोधात्मक क्षमता कम भएर वा नभएको पनि हुनसक्छ । 

 

किन विश्वमा अर्को महामारीको खतरा छ 

 

पछिल्लो समय देखिएका भाइरसको प्रकोप विश्वभर देखिन थालेको छ । स्वाइन फ्लु होस् वा कोरोना भाइरस । यसले विश्वभर महामारीको रुप लिएको छ । नयाँ भाइरस पनि उस्तै प्रकृतिको हुनसक्ने वैज्ञानिकहरुको दाबी रहेको छ ।

 

यस अवस्थामा नयाँ भाइरस फैलिएमा नियन्त्रण गर्न कठिन हुने उनीहरुको दाबी छ । 

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।