भियतनाम र म्यान्मारमा बाढी पहिरोको प्रकोप

हनोई । केही दिनयता भियतनाम र म्यान्मारमा बाढीको प्रकोपले सताएको छ । भियतनामको उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । 

 

केहीयता शुरु भएको यस प्रकोपमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापन निकायले सोमबार जानकारी दिएको छ । 

 

भियतनामको मध्य प्रान्त थान्ह होआमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन वेपत्ता भएका सोमबार पुष्टि भएको छ । त्यसैगरी होआ विन्ह, येन बाई, सन ला, लाङ्ग सनमा एक, एक व्यक्तिको मृत्यु भएको छ । 

 

यस बाढी र पहिरोमा परी ३६४ घर क्षतिग्रस्त भएको छ भने, ६ हजार ५३२ हेक्टर जमिनमा रहेको धानलगायत अन्य वाली पनि नष्ट भएको बताइएको छ । त्यसैगरी सयौको सङ्ख्यामा चार खुृट्टे जनावरलगायत पशुपक्षिको मृत्यु भएको छ । 

 

यस वर्षको शुरुका हालसम्म प्राकृतिक प्रकोप तूफान, बाढी, पहिरोमा भियतनाममा भरी १५३ व्यक्ति मृत्यु हुनुको साथै अन्य ११९ घाइते भएका छन् । यस प्रकोपको कारण सात अर्ब भन्दा भियतनामिज दोङको नोक्सान भएको भियतनाका कृषि र शहरी विकाश मन्त्रीले बताएका छन् । 

 

त्यसैगरी म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको थियो । 

 

बागो क्षेत्रमा निर्मित उक्त नदीको बाँधलाई नाघेर पानी माथिबाट बगेको छ । बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो । उक्त बाँधका कारण झण्डै एक सय गाउँ नै प्रभावित भएका छन् । 

 

म्यानमार करिब दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।