भियतनामको बाढी र पहिरोमा ११४ जनाको मृत्यु, २१ जना वेपत्ता

प्रतिकात्मक तस्बिर

एजेन्सी । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिले बिहीबार जनाएको छ ।

 

राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम लगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार ३०० घर परिवारका कम्तीमा दुई लाख छ हजार ८०० व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।

 

हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तमिा ४६ हजार ८०० घरहरू डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ ।

 

भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितलाई पुनः स्थापनाका कामहरू थालिसकिएको छ भने व्यवसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ ।

 

 मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।