नक्कली भ्याट बिल प्रयोग गरी राजश्व चुहावट गरेको भन्दै ७ कम्पनीविरुद्ध मुद्दा

  • बुधबार, ७ असोज, २०७७
  • 1 month ago
  • अर्थ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विभिन्न ७ कम्पनीविरुद्ध मुद्दा चलाएको छ । नक्कली मूल्य अभिवृद्धि कर बिजक भ्याट बिल प्रयोग गरी राजश्व चुहावट गरेको भन्दै ति कम्पनीविरुद्ध मुद्दा चलाएको हो ।

 

विभागले विभिन्न ७ कम्पनी विरुद्ध ३६ करोड ८८ लाख रुपैयाँ बराबरका ३ मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो । विभागका अनुसार नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा चितवन भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक केशवराज कँडेल समेत ३ जना उपर ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । 

 

त्यस्तै, ललितपुर महानगरपालिका १३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर विरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका प्रोप्रइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनल प्रालिका संचालक हर्ष चौधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यी कम्पनीले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ बराबरको राजस्व छली गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

 

झुट्टा तथा नक्कली मूल्य भ्याट बिल प्रयोग गरी राजस्व छली गरेकै कुसरमा विभागले काठमाडौँ महानगरपालिका ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान ब्याग उद्योग, भक्तपुरस्थित ए.पि. ट्रेड एण्ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक रामप्रसाद चौलागाई समेत ३ जनाउपर पनि मुद्दा दायर गरेको छ । 

 

यी कम्पनी विरुद्ध २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बराबर राजस्व छलीको मुद्दा दायर गरिएको विभागको भनाई छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 58 minutes ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

  • 1 hour ago
प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 1 hour ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।