तेस्रो चरणको परीक्षणका लागि भारत बायोटेकको कोरोना खोपले पायो अनुमति

एजेन्सी । विश्वका कैयौं देशहरु कोरोना भ्याक्सिन निर्माणमा लागिपरेका छन् । विश्वमै महामारीको रुपमा फैलिएको यस भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्नु अहिलेको प्रमुख प्राथामिकता रहेको छ । यता भारतमा ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले भारत बायोटेकको खोप परीक्षणको तेस्रो चरणलाई अनुमोदन गरेको छ । भारत बायोटेक दुई क्यानिडडेट्समध्ये एक हो जुन स्वदेशी हो । 

 

भारत बायोटेकले पहिलो र दोस्रो फेजको परीक्षणहरूको लागि डेटा साथ एनिमल चुनौती डेटा प्रस्तुत गरेको थियो । सबै डाटा छलफलपछि तेस्रो चरणको ट्रायलको लागि अनुमोदन गरिएको हो ।

 

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)को सहयोगमा भारतले स्वदेशी बायोटेक ‘कोभाक्सिन’ भ्याक्सिन स्वदेशी रूपमा विकास गरिरहेको छ ।

 

हैदराबादस्थित खोप निर्माताले दुई अक्टोवरमा डीसीजीआईलाई तेस्रो चरणको परीक्षणको अनुमति माग्दै आवेदन दिएको थियो । उक्त आवेदनमा कम्पनीले भनेको छ कि, ‘यस अध्ययनमा १८ वर्ष वा त्यो भन्दा बढी उमेरका २८,५०० जनालाई सामेल गरिनेछ । यो परीक्षण १० राज्यको १९ स्थानमा गरिनेछ । उक्त राज्यहरु दिल्ली, मुम्बई, पटना, लखनाउलगायत छन् ।

 

अक्टुबर ५ मा कम्पनीको आवेदनमाथि केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)को विशेषज्ञ समिति (एसईसीएस)द्वारा छलफल गरिएको थियो । समितिले विस्तृत छलफलपछि उक्त अध्ययनको तेस्रो चरणको डिजाइन सिद्धान्त सन्तोषजनक रहेको बताएको थियो ।

 

त्यसपछि समितिले अध्ययनको दोस्रो चरणको सुरक्षा र प्रतिरक्षा डेटामा आधारित उपयुक्त डोज पहिचान गरी तेस्रो चरणको अध्ययन सुरु गर्न सिफारिस गरेको बताइएको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बलिउड अभिनेत्रीहरुको सारी मोह

  • 6 minutes ago
बलिउड अभिनेत्रीहरुको सारी मोह

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुको सारी मोह देख्न सकिन्छ । निकै महँगा खालका सारीमा उनीहरु देखिने गरेका छन् ।

युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

  • 21 minutes ago
युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकको बोत्तल हटार सबैलाई आश्चर्यचकित पारेका थिए । उक्त घटनाका कारण कोका कोलाको शेयर मुल्यमा एक्कासी भारी गिरावट आएको थियो ।

४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • 21 minutes ago
४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

बैतडी । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।