इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

लण्डन  । विश्वकप फुटबल २०१८ को दोस्रो खेलमा उरुग्वे विजयी बनेको छ ।

 

बुधबार  दिउंसो  अफ्रिकी राष्ट्र इजिप्टलाई १ शुन्यले हराउंदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पहिलो जित हात पार्यो । 

 

निर्धारित ९० मिनेटको खेल सकिनु केहि सेकेण्डअघि मात्रै उरुग्वेका लागि गिमिनेजले गरेको गोल खेलको निर्णयक बन्यो । 

 

विश्वकपको समूह ‘ए’ अन्तर्गतको यो दोस्रो खेलमा दुवै टोली दबाबामा थिए । पहिलो खेलमा आयोजक राष्ट्र रसियाले भारी गोल अन्तरले तीन अंक जोडिसकेको अवस्थामा दुवै टोलीले आ–आफ्नो पहिलो खेलमा जित हासिल गर्न महत्वपुर्ण थियो । 

 

उरुग्वे दुई पटकको विश्वकप विजेता टोली हो । उरुग्वेले सन् १९३० तथा १९५० को विश्वकपको उपाधि जितेको हो । रसिया विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो । 

 

ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको उरुग्वे यस विश्वकपमा राम्रो प्रदर्शन गर्ने आशामा रसिया आएको छ । उरुग्वेसँग डिएगो गोडिन, इडिसन काभानी तथा लुइस स्वारेजजता खेलाडीहरु रहेको कारणले उरुग्वेलाई बलियो टोलीको रुपमा लिइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

  • 59 minutes ago
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

  • 1 hour ago
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न

प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

  • 1 hour ago
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।