फिल्म साउथ एसियामा छानियो ‘उर्मि’
- शुक्रबार, ९ बैशाख, २०७९
- 2 months ago
- साहित्य

धरान। आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ।
फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ। उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन्। तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रयण लिम्बुले फिल्ममा उतारेका हुन्। रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तर कुमार राईलाई प्रस्तुत गरिएको छ।
दिपक बज्राचार्यको छायाँकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन्।
आगामी शनिबार काठमाडौंको फिल्म प्रदर्शन हुने निर्देशक प्रणय लिम्बुले बताए। उनले भने, ‘समाजका लागि तन, मन, धन लगाएर सेवा गर्ने व्यक्ति अहिलेको समयमा भेट्न मुस्किल छ। उहाँको कथाले नयाँपुस्तालाई समाजका लागि केही गर्न प्रेरणा दिने विश्वास छ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल
- 57 minutes ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 1 hour ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 1 hour ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।