पिसाब पोल्नुको कारण र उपचार विधि

सांकेतिक तस्बिर

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

 

पिसाब पोल्ने समस्या भएमा मुत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा, पहेँलो हुने, थोरै–थोरै पिसाब धेरै पटक–पटक आउने जस्ता समस्या हुने गर्छन् ।

 

पुरुषको तुलनामा महिलामा पिसाब पोल्ने समस्या बढी हुन्छ । पाठेघरको मुख र मुत्रनली जस्ता अंग एउटै ठाउँमा हुने भएकाले संक्रमण छिट्टै फैलिन्छ ।

 

कारणः

 

– सामान्यतया शरीरमा पानीको मात्रा कम भएमा पिसाब पोल्छ । जस्तै गर्मीयाममा शरीरबाट पानी अन्य माध्यमबाट पनि बाहिर जान्छन् । यसले गर्दा शरीरबाट बिषाक्त बस्तु बाहिर ल्याउन प्रशस्त पानी चाहिन्छ ।

 

– विभिन्न संक्रमणका कारण पनि पिसाब पोल्ने समस्या हुनसक्छ । पिसाब थैलीमा पत्थरी हुनु पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मृगौलामा पत्थरी, मधुमेह, मेरुदन्डमा चोट र कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ ।

 

– कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रुपमा बाहिर नआउँदा समेत पिसाब पोल्ने गर्छ । विभिन्न कारणले पिसाब लागे पनि त्यसले पूर्णता पाउँदैन । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने हुन्छ ।

 

उपचारः

 

– शरीरमा पानीको मात्रा कमी हुन दिनु हुँदैन । यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ ।

 

– पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुनसक्ने भएकाले समयमै उपचार गर्नुपर्छ । यन्याथा पिसाब पोल्ने समस्या पछि गएर जटिल रोग बन्न सक्छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।