राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन : उपप्रम उपेन्द्र यादव

फाइल फाेटाे

भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् । 

 

आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताएका हुन् । 

 

उनले भने, ‘राम्रो शिक्षा पाए रोजगारको समस्या समाधान हुन्छ, सबै उपचार हुने राम्रा अस्पताल बने जनता निरोगी हुन्छन्, त्यसले सबै विकासलाई सहयोग पुर्‍याउँछ ।’ 

 

पैसा नभएकै कारण कुनै पनि जनता उपचारबाट वञ्चित हुँदै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्न नहुने बताउँदै उनले यस्तो अवस्था आए राज्य आफैँ असफल हुने बताए । 

 

उपप्रधानमन्त्री यादवले लामो समयदेखि राज्यको ध्यान राम्रो विद्यालय बनाउने र राम्रा अस्पताल बनाउनेतर्फ नभएको टिप्पणी गर्दै उनले भने, ‘लामो समयदेखि राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन, ध्यान दिएको क्षेत्र पनि गतिलो छैन, आज जनतालाई शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गराउनुपर्छ ।’ 

 

उनले अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्नुपर्नेमा जोड दिँदै केही महिनाभित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता जनाए । 

 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरका चारैवटा नगरपालिका र यहाँका जनप्रतिनिधिहरुले तत्काल भक्तपुर अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक सहयोग गर्छौं भन्दा पनि अस्पतालले सञ्चालन नगरेकामा असन्तुष्टी व्यक्त गरे । 

 

भक्तपुर अस्पतालका पूर्वअध्यक्षसमेत रहेका उनले यस अस्पतालमा वार्षिक चार करोडभन्दा बढी आन्तरिक आय हुने बताउँदै आयव्यय विवरण सार्वजनिक नगर्ने र पारदर्शी नहुँदा समस्या आएको जानकारी दिए । 

 

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको आशा र विश्वास सरकारी अस्पतालमा हुनुपर्नेमा जोड दिँदै बिरामी सरकारी अस्पताल छाडेर निजीमा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । 

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारी अस्पतालबाट गुणस्तरीय सेवा पाएर जनता खुशी हुने दिन आउनुपर्ने बताए । 

 

अस्पतालकी सुपरिटेण्डेन्ट डा. सुधा देवकोटाले वि.सं. १९६१ असार १७ गते स्थापना भएको यो अस्पताल हाल बिरामी अन्यत्र पठाउने केन्द्रका रुपमा परिणत भएको बताउँदै अस्पतालमा आइसियु सञ्चालन गर्न दरबन्दी नभएकाले नसकिएको भनाइ राखिन् । 

 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले विगतका तुलनामा अस्पतालले उपचारमा धेरै सुधार ल्याएको र बिरामीको संख्यासमेत बढ्दै गएको बताउँदै सबै मिलेर अस्पतालको विकास गर्नुपर्ने औँल्याए । 

 

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं पुरस्कार प्रदान गरेका थिए । उनले आजैबाट अस्पतालले सञ्चालनमा ल्याएको तीन शैय्याको ‘हाईकेयर युनिट’को उद्घाटन गरे ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 15 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 33 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 1 hour ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।