राेजगार मेलामा ८ सय ४१ बेराेजगार युवाले भरे फाराम

सांकेतिक तस्वीर

अछाम । बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् ।

 

बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५ सय ६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । 

 

यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए । 

 

रोजगार मेलामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेका बेरोजगारले फाराम भरेका छन् । गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । 

 

मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तक्र्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । 

 

नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले सो मेलाको उद्घाटन गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 24 minutes ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 35 minutes ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 43 minutes ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।