राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन् । 

 

प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी हमला भएको थियो । विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो । 

 

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीपछि उहाँले दशौँ हजारको सङ्ख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्ने क्रममा अकस्मात विस्फोटक पदार्थबाट आक्रमण भएको थियो । 

 

प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उनलाई नै लक्ष्य गरेर प्रहरीको पोशाकमा रहेका केही व्यक्तिले ग्रिनेड हानेका थिए । प्रधानमन्त्री भने सो आक्रमणबाट बचेका थिए । 

 

त्यसमा परी एकजनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । यो कार्य कायरतापूर्ण रुपमा गरिएको छ र यसमा संलग्नहरुलाई कसैले पनि माफी दिने छैनन्– महासचिवका तर्फबाट उहाँका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 

जुलुसमा ठूलो सहभागिता रहेकोले त्यसलाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने यहाँको सरकारी समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ । 

 

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए । मानवअधिकार उल्लङ्घन गरेको भन्दै उहाँले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए । 

 

त्यसैले सुरक्षा निकायमा भएको फेरबदलबाट उत्पन्न असन्तुष्टिका कारण पनि यस्तो हमला भएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । तर यसको जिम्मेवारी भने कसैले लिएको छैन । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 10 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 26 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 33 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।