युक्रेनको सैन्य सुधारका लागि अमेरिकी सहयोग

Norvic Hospital

वासिङ्टन । युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । 

 

सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ । 

 

अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

 

युक्रेनी सेनाको क्षमता अभिबृद्धि गर्ने, सैन्य उपकरणहरु खरिद गर्ने तथा सेनालाई तालिम दिने जस्ता कार्यमा उक्त रकम प्रयोग गरिने पेन्टागनले जनाएको छ । 

 

पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा विशेषगरी यक्रेनको सेनाको आफ्नो प्रतिरक्षात्मक क्षमता अभिबृद्धिका काममा सो रकम सदुपयोग गरिने छ भनेको छ । 

 

युक्रेनी सेनाको क्षमता अभिबृद्धिका लागि भन्दै अमेरिकाले सन् २०१४ मा नै १ अर्ब अमेरिकी डलर बराबरको सैनिक सहयोग कोषको घोषणा गरेको थियो । 

 

त्यसयताको सहयोगमा यो २० करोड डलर छिट्टै दिने घोषणा शुक्रबार गरेको हो । विशेषगरी युक्रेनी भूभाग क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको शुरुआतसँगै अमेरिकाले युक्रेनी सेनालाई सहयोग गर्ने प्रक्रियाको थालनी गरेको हो । 

 

क्राइमिया रुसमा विलय भए पनि पूर्वी युक्रेनमा हिंसा रोकिएको छैन । त्यहाँका विद्रोहीले धार्मिक र क्षेत्रीय एजेण्डा उठाएर स्वायत्त राज्यको माग गरिरहेका छन् । 

 

तर युक्रेनले त्यो स्वीकार गरेको छैन । युक्रेनी सरकारले यो विद्रोहको एजेण्डा कुनै पनि हालतमा स्वीकार नगरिने जनाएको छ । 

 

यस विद्रोहमा पनि रुसको हात रहेको आरोप अमेरिकाको छ । तर रुसले भने युक्रेनका नागरिकले उठाएका एजेण्डामा आफ्नो कुनै पनि हात नरहेको बताएको छ । 

 

रुसको प्रस्तावपछि सैन्य सहयोग 

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार रुसले भने पूर्वी युक्रेनमा जारी रहेको हिंसात्मक विद्रोहलाई जनमत संग्रहको माग गरेको छ । 

 

तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने यस्तो जनमत संग्रहप्रति अमेरिकाले कुनै विश्वास नगर्ने बताएको छ । 

 

यस्तो जनमत संग्रह स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने उसले जनाएको छ । सोही प्रस्तावपछि यता पेन्टागनबाट युक्रेनी सेनाको क्षमता बढाउने सम्बन्धी यो सैन्य सहयोगको घोषणा भएको छ । 

 

बिहीबार रुसले उक्त प्रस्ताव गर्नु र अमेरिकाले शुक्रबार भने यता अमेरिकाले युक्रेनलाई सहयोगको घोषणा गर्नुलाई संयोगमात्र नभएको अधिकारीहरुको भनाई छ । 

 

केही वर्षअघिको क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको पनि अमेरिका विरोधमा रही आएको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 4 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।