युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

Global IME
Norvic Hospital

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्। 

 

अर्कोतर्फ रुस अझै एक्लै युद्ध लडिरहेको छ । 

 

तर, जसरी एकपछि अर्को देश युक्रेनलाई सहयोग गर्न खुलेर अगाडि आइरहेका छन् । 

 

जसका कारण तेस्रो विश्वयुद्धको खतरा लगातार बढिरहेको छ । 

 

अहिलेसम्म अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, पोल्याण्ड र अष्ट्रेलिया जस्ता शक्तिशाली राष्ट्र युक्रेनको साथमा दृढताका साथ उभिएका छन् ।

 

ती सबैले युक्रेनलाई युद्ध सामग्रीबाट आवश्यक सबै सहयोग उपलब्ध गराउँदै आएका छन् । यसबाट त्रसित रुसले अब परमाणु हमलाको धम्की दिन थालेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

हालै फ्रान्सले युक्रेनलाई लडाकु विमान दिने घोषणा गरेको थियो । अब फ्रान्स र अष्ट्रेलियाले संयुक्त रूपमा हजारौं  एमएम तोपको गोला निर्माण गरी आगामी हप्ताहरूमा युक्रेन पठाउने तयारी गरिरहेका छन्। 

 

युक्रेनमा पठाइने यी तोपखाना गोलाहरूमा दुवै देशले करोडौं डलर खर्च गर्नेछन्। रुससँग युद्धको सामना गरिरहेको युक्रेनको अवस्था यतिबेला नाजुक बनेको छ ।

 

रुसले युरोपेली संघ र अमेरिकाबाट युक्रेनलाई घातक हतियारको आपूर्तिलाई युद्धमा प्रत्यक्ष प्रवेशको रूपमा लिएको छ। त्यसैले पुटिनले अमेरिकालगायत फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड र बेल्जियमलगायत युरोपेली मुलुक र अस्ट्रेलियाजस्ता गैर(युरोपियन देशलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन् । 

 

रुसले ती सबै ट्याङ्क र हतियार नष्ट गर्ने बताएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

  • 23 minutes ago
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'

  • 34 minutes ago
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।

दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

  • 53 minutes ago
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।