यो युक्रेनी बाख्राका कारण ४० जना रुसी सैनिक घाइते !
- आइतबार, १२ आषाढ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध अहिले पाँचौं महिनामा पुगेको छ । रुसी पक्षले युक्रेनका सहरहरूमा आक्रमण जारी राखेको छ । युक्रेनी सैनिकहरूले पनि यी आक्रमणहरूको जवाफ दिइरहेका छन्। यसै युक्रेनको एउटा बाख्राको धेरै चर्चा भइरहेको छ, जसका कारण ४० रुसी सैनिक नराम्ररी घाइते भएका छन् ।
डेली स्टारको रिपोर्टका अनुसार रुसी सैनिकहरूले दक्षिणपूर्वी युक्रेनको जापोरिझिया ओब्लास्टको किन्स्की रोजडोरी गाउँमा ग्रेनेड जाल बिछ्याउँदै थिए।
अस्पताल वरिपरि यस्ता तार बिछ्याइएको थियो ।
सोही क्रममा एउटा बाख्रा त्यहाँ आइपुग्यो ।
रुसी सैनिकले विछ्याएको तारमा बाख्रा ठोक्किएपछि ग्रेनेड विस्फोट हुन पुग्यो । उक्त विस्फोटमा परी ४० सैनिक घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
युक्रेनको मुख्य गुप्तचर निर्देशनालयले उक्त बाख्राका कारण धेरै ग्रेनेडहरू विस्फोट भएको बताएको छ। निर्देशनालयले आफ्नो विज्ञप्तिमा रुसी सैनिकहरु विष्फोटका कारण विभिन्न धेरै चोटपटक लागेको बताएको छ। तर, बाख्रा जीवित रहेको वा नरहेको केही खुलाइएको छैन ।
उक्त बाख्रालाई सामाजिक सञ्जालमा ‘गोट अफ कीभ’ भनिएको छ । बाख्रालाई युक्रेनी गुप्तचर पाइलट ‘घोस्ट अफ कीभ’ को रुपमा सम्झना गरिएको बताइएको छ, जसले युद्धको क्रममा धेरै रूसी विमानहरू खसालेका थिए।
यो भीषण युद्धमा युक्रेनलाई सहयोग गर्ने यो बाख्रा पहिलो जनावर होइन। प्याट्रोन नामको ज्याक रसेल कुकुरले युक्रेनी सैनिकहरूलाई लडाइँको क्रममा २०० भन्दा बढी विस्फोटहरू सुन्न मद्दत गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?
- 8 hours ago

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाएका छन्। शुक्रवार आयोजित बाग्मती प्
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ
- 9 hours ago

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित
- 9 hours ago

एजेन्सी । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।