बेलायतबाट फर्किएर चेन होटलमा लगानी

  • बुधबार, २३ भदौ, २०७८
  • 1 week ago
  • युके
सांकेतिक तस्बिर

चितवन । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उनको समूहको होटल बिस्तार भइरहेको छ । 

 

पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उनको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उनको तयारी छ । चापागाईले भने, “आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौँ ।” 

 

भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उनी बेलायत पुगे । नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उनको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताए । उनले भने, “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।” 

 

नेपाल फर्किएसँगै काठमाडौँमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरु गरे । ती साझेदार छन् माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोडभन्दा माथिको भएको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो । 

 

आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उनले बताए । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाममध्येमा उनलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उनले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ । 

 

उनले भने, “हाम्रो हलमा दुई हजार २०० कुर्सी अट्छ । राजधानी बाहिर यति ठूलो हल कसैको छैन ।” कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ । उनको दाबी छ सबैकोभन्दा मीठो खाना हामी खुवाउन सक्छौँ । आफैँ सेफ भएकाले उनका होटलमा परिकारमा बढी जोड दिइन्छ । दियालो समूहका अध्यक्ष चापागाई काठमाडौँका जस्ता सेफ स्थानीयस्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताए । चितवनमा राष्ट्रियस्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उनको भनाइ छ । यहाँको शाखामा मात्र रु १२ करोड खर्च भएको चापागाईले जानकारी दिए ।  

 

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताए । अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उनको भनाइ छ । चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उनले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भने । 

 

दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईले गरेको बताए । नेतृत्वकर्तासँग सीप भएकाले आफूहरु लगानी गर्दा ढुक्क रहेको उनको भनाइ छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 12 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 21 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका

इन्द्रदहमा मेला

  • 1 hour ago
इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दह



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।