बेलायतका नेपालीबाट भैरहवामा सहयोग

  • आइतबार, १७ साउन, २०७८
  • 1 month ago
  • युके

लण्डन । बेलायतमा बसोबास गर्दै आएका यहाँका जिल्लाबासीले बिपन्न स्थानीयवासीलाई उपचार खर्च र खाद्य सामग्र उपलब्ध गराउँदै आएका छन् । मिर्गौलाको समस्या भएर  उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका २२ वर्षीय दुर्गा राना (अर्जुन), पाठेघरको अर्बुद्ध रोग (क्यान्सर) भई उपचाररत सिद्धार्थनगर–८ की मञ्जु राना र मिर्गौलासम्बन्धी समस्याबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेलाई  पनि जनही रु २५ हजार  प्रदान गरिएको छ । 

 

स्थानीय युवा समाजसेवी ओमकुमार श्रेष्ठले भने, “बेलायतस्थित शर्मिला हिराचनको नेतृत्वमा स्थापना गरिएको ‘सिद्धार्थनगर भैरहवा परिवार समूह’ ले अतिविपन्न परिवारलाई सहयोगका लागि रकम सङ्कलन गरी सहयोग उपब्ध गराउँदै आएको हो ।”

 

बेलायमा रहेका ४१ नेपालीबाट प्राप्त रु चार लाखमध्ये तीन बिरामीलाई रु ७५ हजार प्रदान गर्नाका साथै अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको थियो ।  पैँतालिस  घरपरिवारलाई  प्रति परिवार १५ केजी चामल, पाँच केजी चिउरा, पाँच केजी पिठो, प्याज, चिनी, तेल गरी रु दुई हजार १५० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

 

यसैगरी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयमा यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नामक शिक्षण अस्पतालमा उपचाररत बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क दुई छाक खाना खुवाइएकोे थियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।