मन्त्री जेम्स ब्रोकनसायरको उपस्थितीमा बेक्स्ली नेपाली समाजको भेला सम्पन्न

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 2 years ago
  • युके

यही जुन ९, २०१८ को दिन यस बेक्स्ली नेपाली समाजको वार्षिक भेला समाजको अध्यक्ष केश बहादुर गुरुङको  अध्यक्षतामा सम्पन्न भएको छ। समाजको महासचिब आनन्द धरेल र निबेदिता गौतमले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि स्थानिय,कम्युनिटी र हाउजिङ मन्त्री जेम्स ब्रोकनसायर, डेपुटी मेयर जोन डेभे र डेभे , काउन्सिलर भाल क्लार्क ,काउन्सिलर ब्रेन्डा लङस्टिड , डार्टफोर्ड नेपाली समाजको उपाध्यक्ष गजेन कटुवाल, आर जि यन एसका अध्यक्ष हरी गोविन्द गुरुङ र साउथ इष्ट तमु धिका अध्यक्ष श्रीचन्द्र गुरुङको उपस्थिती रहेको थियो।

 

महासचिव आनन्द धरेलले हेल्थ यन्ड सेफ्टीको जानकारी दिएपछि निर्वाचन संयोजक दिपक गौतमले सम्पूर्ण निर्वाचित कमिटीलाई सपथ गराएका थिए । अध्यक्ष केश बहादुर गुरुङले निर्वाचन कमिटीका संयोजक दिपक गौतम र सदस्यद्वय रोशन गुरुङ र बजिन्द्र मल्ल ज्युलाई खादा लगाएर धन्यवाद दिदै निर्वाचन कमिटी विघटन भएको घोषणा गरेका थिए ।   

 

 पाँचवटा पानसमा अध्यक्ष केश बहादुर गुरुङ, नव–निर्वाचित अध्यक्ष बिजय गुरुङ ,मन्त्री ब्रोकनसायर, उपमेयर डेभे र उपाध्यक्ष शिवराम गुरुङबाट संयुक्त रुपमा बत्ती बालेर उद्घाटन गरिएको थियो । नेपाली राष्ट्रिय धुन , बेलायती राष्ट्रिय धुन पछी समाजको उपाध्यक्ष शिवराम गुरुङले स्वागत भाषण गरे भने  हेभिना सेढाईको निर्त्य, बिमला ( शर्मा(धरेलको गीत, कृतिका भट्टराईको नृत्य , बासु शर्माको कविता, बिमला सापकोटा सेढाईको गीत र केशब प्रसाद रुपाखेतीको कविता कबिता प्रस्तुत भएको थियो।

 

मन्त्री ब्रोकनसायरले नब निर्वाचित कमिटीका अध्यक्ष बिजय गुरुङ, उपाध्यक्षहरु उमा गुरुङ,  बिन्दु गुरुङ र श्रीप्रशाद गुरुङ, महासचिव हरिश ग्यवाली , सचिव  केदार थपलिया, कोशाध्यक्ष सन्जिब सुबेदी ,सहकोशाध्यक्ष कमल गुरुङ सदस्यहरु बिमला शर्मा (धरेल), सुस्मा ढुंगाना,  बिजिता गौतम,  एलिना श्रेष्ठ, प्रकाश गुरुङ, हिमाल गुरुङ, दीपेन्द्र सिटौला, पंकज पौडेल, होम नाथ ग्यवाली र टेक बहादुर थापा खादा लगाएर बधाई दिदै कार्यकालको सफलताको शुभकामना दिए । नव निर्वाचित अध्यक्ष बिजय गुरुङले आफ्नो मन्तब्य राख्दै निवर्तमान कमिटीले जुन मिहेनतका सस्थालाई यो उचाइसम्म ल्याएकोमा धन्यवाद दिदै आफ्नो टिम ले सबै जनाको साथ र सहयोग लिएर नयाँ उचाइ दिने बताए ।

यसैबीच  बिमला शर्मा (धरेल मास्टर पास), डा दिना बस्तोला (एमबिबिएस पास), दिवस बस्तोला (बि हन्स पास), निता गुरुङ (अडल्ट नर्सिङ पास), पंकज पौडेल  (बि यस् सि कम्प्युटर पास), र ११ं पास गर्ने सन्स्क्रिती ग्यवाली र स्रिजा सापकोटा लाई सम्मान गरिएको थियो।  

 

यसै गरी मन्त्री ब्रोकनसायरले आफ्नो मन्तब्य दिदै आफु अती ब्यस्तताको बाबजुद पनि समय लिएर आएको, यहाँ आउन पाउदा साह्रै खुशी लाग्ने र आफ्नो क्षेत्रमा नेपाली समुदाय बिस्तार भएकोमा खुशी व्यक्त गरे। उपमेयर डेभेले मिठो खाना न्यानो आतिथ्यको लागि धन्यवाद दिदै आफु पहिलो पल्ट यस्तो रमाइलो कार्यक्रममा सहभागी भएको बताए। काउन्सिलर भाल क्लार्कले आफु नेपाली समुदायको पार्ट र नेपाली समुदाय आफ्नो समुदायको पार्ट भएको बताए भने निरन्तर निम्ताको लागि धन्यवाद दिदै नयाँ कमिटी लाई सफलताको शुभकामना दिए। अध्यक्ष केश बहादुर गुरुङले समापन मन्तब्य गर्नु हुँदै सस्थाको सुरु देखी अहिले सम्मको गतिबिधी , निवर्तमान कमिटी लाई धन्यवाद , नयाँ कमिटी लाई शुभकामना, खान सन्योजक  भोज बहादुर गुरुङ , पेय सन्योजक टन्क गुरुङ , टिकेटमा कमल गुरुङ , हिमाल गुरुङ र बिराज गुरुङ , सन्कितिक संयोजक शिवराम गुरुङ,सपूर्ण स्पोन्सर र पहुनाहरु लाई धन्याबाद दिदै औपचारिक कार्यक्रमको समापन गरे । यो वर्ष सस्थाको दसौ वार्षिकोत्सब परेकोले केक काटेर र श्यामपियन खोलेर दसौ वार्षिकोत्सब पनि मनाइयो ।  

 

त्यसपछी दोस्रो चरणको सास्कृतिक कार्यक्रम संयोजक शिवराम गुरुङ (बी इ म ) ले सन्चालन गरेका थिए । सो समयमा सुस्मा डुंगाना, उमा गुरुङ,  हेबिना सेढाई, प्रान्सु डुंगाना,  माया गुरुङको कबिता , कुल गुरुङको न्रित्य, बिष्णु गुरुङको न्रित्य, मिना गुरुङको न्रित्य , एलिशा श्रेष्ठको न्रित्य, एलिसा खत्रीको न्रित्य, अपेक्छ्या कार्कीको न्रित्य र शिवराम गुरुङको न्रित्य प्रस्तुत भएको थियो । यस पछी पुरानो कार्यसमितीले नयाँ कार्यसमिती लाई सम्पूर्ण खाता , माइन्युट र फाइल हस्तान्तरण गरी कार्यक्रम पूर्ण समापन गरियो ।

तस्बिरहरु : गुणदेव घिमिरे


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

  • 10 minutes ago
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

  • 14 minutes ago
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा

ओली र नेपालको भेटवार्ता सकियो

  • 16 minutes ago
ओली र नेपालको भेटवार्ता सकियो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा भएको दोस्रो दिनको वार्ता सकिएको हो ।



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।