बेलायतको भिसा आवेदन प्रक्रियामा हुँदै व्यापक परिवर्तन
- शुक्रबार, २५ जेष्ठ, २०७५
- 2 years ago
- युके

लण्डन । बेलायतभित्रै रहेर विभिन्न क्याटेगोरीको बेलायती भिसा तथा सेटलमेन्टको लागि आवेदन दिनेहरुले अब अहिलेको जस्तो झञ्झटिलो प्रक्रिया गरिराख्नु नपर्ने भएको छ ।
आवेदकहरुको सुविधाका लागि छिटो छरितो र सजिलो प्रक्रिया बनाउने उद्धेश्यले नयां डिजिटल भिसा आवेदन सेवा सुरु गर्न लागिएको हो ।
'सोप्रा स्टेरिया' नामक आइटी कम्पनीसंग सहकार्य गरी उक्त डिजिटल सेवा सुरु गर्नका लागि सरकारले सम्झौता गरिसकेको छ । आउंदो अक्टोबर महिनादेखि यो नयां सेवा सुरु हुनेछ ।
नयां सेवाअन्तर्गत बेलायतका विभिन्न क्षेत्रस्थित ५६ पुस्तकालयसहित कुल ६० वटा ठाउंबाट भिसा आवेदन सेवा सञ्चालन गरिनेछ । ती ठाउंहरुबाट आवेदकले आवेदन गर्नेदेखि फोटो, फिन्गरप्रिन्टसहितको बायोमेट्रिक जानकारी, आवेदनका सपोर्टिङ कागजात सबै एकैपटक बुझाउन सक्नेछन् ।
त्यसरी बुझाइएका ती सबै कागजातहरु त्यसपछि कपी गरेर यूकेभिआईमा पठाइनेछ । यस अर्थमा आवेदकले आफ्नो पासपोर्टसहित कुनै पनि डकुमेन्टको सक्कली कपी भिसा प्रक्रियाको क्रममा होम अफिसलाई छोडिराख्नु नपर्ने भएको छ । त्यस्तै, आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट भन्दा अघि नै आफ्ना डकुमेन्टहरु अनलाइनबाट अपलोड गर्न सक्ने सुविधा पनि पाउनेछन् ।
बेलायतकी इमिग्रेसन मन्त्री क्यारोलिन नोक्सले नयां सेवाले डिजिटल प्रविधीको सहयाताले आवेदकहरुको लागि भिसा आवेदन प्रक्रिया आजसम्मकै सबैभन्दा बढि सजिलो र छरितो बनाउने विश्वास व्यक्त गरिन् ।
सोप्रा स्टेरियाका म्यानेजिङ डाइरेक्टर एड्रिएन फिल्डहाउसले बेलायतका सेवाग्राहीलाई विश्वकै नमुना सेवा उपलब्ध गराउन आफुहरु उत्सुक र उत्साहित रहेको बताएका छन् ।
अक्टोबरमा नयां डिजिटल सेवा सुरु भइसकेपछि पनि अहिलेको जस्तो कागजी प्रक्रियामा आवेदन गर्न चाहनेलाई पनि सो बाटो यथावत राखिने यूकेभिआईले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह
- 11 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो
- 52 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु
- 55 minutes ago

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।