बेलायती संसदमा पुगेर दबाब सिर्जना गर्दै टोइक पीडित विद्यार्थीहरु

Norvic Hospital
  • शुक्रबार, २२ आषाढ, २०७५
  • 3 years ago
  • युके
फाइल फोटो

रवि अर्याल, लण्डन । विगत चार वर्षदेखि होम अफिसबाट भिसाको समस्या झेलिरहेका करिब ३३ हजार बिधार्थीको प्रतिनिधमिुलक एक समूहले यहि जुलाई १० तारिखको दिन बेलायती संसदमा बृहत लबीको आयोजना गर्दैछ ।

 

बेथनल ग्रीन क्षेत्रकी सांसद रुसरना अली ,स्टिफन टिम्स लगायत थुप्रै एमपीहरुको मुख्य भूमिका रहने यस अभियानमा विद्यार्थीको समुहलाई माइग्रेसन भ्वाइस यूकेले सहयोग गरिरहेको छ ।

 

प्रतिपक्षी लेबर लिडर जेरेमी कोर्बिनले आफुले लबीको बारेमा फलो अप  गर्ने तर उपस्थित हुन नसक्ने बताएका छन । स्याडो होम सेक्रेटरी डायना अबोट लगायतको उपस्थिति रहने विश्वास छ ।

 

विद्यार्थीहरुलाई सरकारले आधारहिन आरोप लगाएर 'गल्ती प्रमाणित नहुन्जेल निर्दोष हुने' अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेको धेरै कानुविदको ठहर  छ । सन् २०१४ मा दुई वटा कलेजमा भएको अनियमितताको फलस्वरुप यूके सरकारले टोइक अंग्रेजी भाषा परीक्षा दिएका सबैलाई एकै टोकरीमा  राखेर अन्यापुर्ण व्यवहार  गर्दै आएको छ । कतिपयले पाइसकेको पीआर पनि बीचमै कर्टेल गरिदिएर इलिगल बनाउने निर्मम कदम सम्म बेलायतले चालेको छ ।

 

बिधार्थी ,स्वयंसेवी संस्था र मिडियाको संयुक्त प्रयासमा यसपटक होम अफिसलाई विद्यार्थीलाई अर्को अंग्रेजी भाषा परीक्षा वा अन्तवार्ता लिएर परीक्षार्थीको अंग्रेजी स्तर जांच गर्न र उनीहरुको पुरानो स्टाटस फिर्ता दिन आग्रह गर्ने योजना छ । मंहगो कानुनी उपचार ,लामो कोर्ट कचहरी भन्दा होम अफिसकै प्रत्यक्ष सहभागितामा नयां नियम लिएर यो किचलो अन्त्य गर्न दबाब सृजना गर्ने मुख्य उद्धेश्य यो लबीको छ ।

 

विन्डरस जेनेरेसन अनि हाइली स्किल्ड माइग्रेसनमा जस्तै भाषा परीक्षा प्रभावित विद्यार्थीहरुले होम अफिसको असक्षम ब्यवस्थापनको समाधानार्थ यो उपाय निकालेका हुन् ।

 

यो भाषा परीक्षाको आरोपबाट प्रभावित हुने नेपाली विद्यार्थीको संख्या पनि करिब १२०० छ । तर जुलाई १० को लबीमा सहभागिता जनाउने नेपाली विद्यार्थीको संख्या उदासीन रहंदा यसका आयोजकहरु केहि निराश देखिएका छन् ।

 

उनीहरुले सबै नेपाली टोइक पीडित विद्यार्थीहरुलाई पनि सो दिनमा आफ्ना साथीभाइ र परिवारका साथमा बेलायती संसदमा जान  अनुरोध गरेका छन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 4 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 4 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।