नेफिन यूकेको अन्तरक्रिया कार्यक्रममा संग्रौलालाई बिदाई र डा. गुरुङलाई स्वागत गरिदै

  • बिहीबार, ३१ साउन, २०७५
  • 2 years ago
  • युके

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले वरिष्ठ प्राज्ञ एबं जनजाति अभियन्ता डा. ओम गुरुङसंग एक अन्तरक्रिया गर्ने भएको छ ।

 

आफ्नो निमन्त्रणामा केही हप्ताअघि बेलायत आएका वरिष्ठ लेखक, राजनीतिक चिन्तक तथा विश्लेषक खगेन्द्र संग्रौलाको औपचारिक बिदाई र डा. ओम गुरुङको स्वागत एकै पटक गर्ने क्रममा नेफिन यूकेले उक्त अन्तक्रिया गर्न लागेको हो ।

 

बिहीबार अगस्ट १६ साँझ ५ बजेपछि पश्चिम लण्डनको ह्यारोस्थित गोल्डेन सिप रेस्टुराँको हलमा कार्यक्रम तय गरिएको नेफिन यूके महासचिब खुशी लिम्बुले जनाए ।

 

डा. ओम गुरुङ नेफिन यूकेका पूर्व महासचिव हुन् र उनी छोटो समयको लागि बेलायत आएका छन् ।अन्तरक्रियाको विषय नेपालमा आदिवासी जनजाति आन्दोलन असफल हुनाका कारणहरु र अबको बाटो रहेको छ ।अन्तरक्रियामा दुवै अतिथीहरुले आआफ्ना विचारहरु प्रस्तुत गर्नेछन् ।

 

डा. ओम गुरुङको बेलायत आगमन र खगेन्द्र संग्रौलाको स्वदेश फिर्ता अपेक्षा गरेभन्दा अघि नै भएकोले छोटो समयमै कार्यक्रमको आयोजना गर्नुपरेको भन्दै नेफिन यूके अध्यक्ष जंग सुनुवारले बेलायतस्थिति सबै संघसंस्थाहरु, तिनका प्रतिनिधिहरु र सर्वसाधारणलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गरेका छन् ।

 

लेखक संग्रौला यहि शनिबार नै नेपाल फर्कंदैछन् ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

  • 10 minutes ago
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा

स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

  • 14 minutes ago
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

  • 19 minutes ago
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।