बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने

  • मंगलबार, ११ फागुन, २०७७
  • 2 days ago
  • युके

एजेन्सी।  लामो समयदेखि लकडाउन कायम रहँदै आएको बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाइने भएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।

 

लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छ । नयाँ घोषणाअनुसार मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । त्यस्तै, मार्चको २९ देखि पार्क, निजी बगैंचालगायतमा ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ ।

 

टेनिस, बास्केटबल लगायत आउटडोर खेल स्थल पनि सुचारु गरिनेछ । अप्रिल १२ देखि सुरु हुने लकडाउन खुला गर्ने दोस्रो चरणमा हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै अत्याधिक जमघट हुने व्यवसाय सुचारु हुनेछन् ।

 

त्यसपछि सर्वसाधारणको अत्याधिक जमघट हुने सार्वजनिक स्थलहरु खुला गरिनेछ । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ । तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ ।

 

पब, रेष्टुरेन्ट लगायतको क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा आउटडोर ६ जनासम्मको जमघट हुन सक्ने यसअघिको छुटलाई बिस्तार गर्दै ३० जनासम्मको जमघटलाई छुट दिइनेछ । खेलकुदका प्रतियोगिताहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् । यस्तै चौथो चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र बेलायत लकडाउनमुक्त हुने बताइएको छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 2 hours ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 2 hours ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 2 hours ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।