बेलायत सरकारद्वारा तीन तहको लकडाउनको घोषणा

  • मंगलबार, २७ असोज, २०७७
  • 6 months ago
  • युके

एजेन्सी । बेलायतमा पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक १२ हजारभन्दा बढी संक्रमित थपिदै गएको अवस्था रहेको छ । अवस्था थप जटिल भन्दै गएपछि बेलायत सरकारले तीन तहको लकडाउनको घोषणा गरेको छ ।

 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जोखिमको आधारहरु विश्लेषण गर्दै तीन तहको लकडाउन गरेको घोषणा गरेका हुन् । 

 

बिबिसी मिडियाका अनुसार लकडाउन मध्यम, उच्च र अति उच्च जोखिमका आधारमा हुनेछन् । 

 

एक रिपोर्टका अनुसार लिभरपुलमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । सोही कारण पनि लिभरपुल सबैभन्दा जोखिम क्षेत्रमा परेको बताइएको छ । लिभरपुलमा रहेका अधिकांश जिम, पव लगायत भिड हुने ठाउँहरुमा प्रतिबन्ध लगाएको छ । 

 

हालसम्म युकेमा कोरोना संक्रमणबाट ४२ हजार ८७५ जनाको मृत्यु भएको छ ।

 

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि युकेमा फेरि भयावहस्थिति सिर्जना भएको छ ।

 

पछिल्लो २४ घण्टामा युकेमा झण्डै १४ हजार संक्रमित थपिएका छन् ।

 

४४२ जनाको अवस्था भने गम्भीर रहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि युकेले थप प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।

 

कोरोना संक्रमणका कारण फेरि पनि युकेको अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान अधिकारीहरुले गरेका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 9 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 10 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 10 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।