होम अफिस स्टाफलाई बोनसको लोभ, सयौं निर्दोषलाई डिटेन्सन

  • शुक्रबार, १५ आषाढ, २०७५
  • 2 years ago
  • युके

 

लण्डन । बेलायतमा आवासीय अधिकार रहेका सयौं व्यक्तिहरुलाई डिटेन्सन सेन्टरमा राखेको र कतिपयलाई जबरजस्ती देश निकाला गरेको पुष्टी भएपछि बेलायत सरकारले ठूलो क्षतिपुर्ति तिर्नुपरेको छ । 

 

सन् २०१२ देखि २०१७ सम्मको अवधिमा गलत आधारमा ८ सय ५० जनालाई डिटेन्सनमा राखिएको खुलेपछि बेलायत सरकार २१ मिलियन पाउण्डको क्षतिपुर्ति बुझाउन बाध्य बनेको छ । 

 

होम अफिसका अधिकारीहरुले होम अफिस मामिलासम्बन्धी संसदीय समितिमा बुझाएको प्रतिवेदनमा यो विवरण उल्लेख गरिएको छ । यति ठूलो संख्यामा गलत मानिसहरुलाई डिटेन्सनमा राखिनुको पछाडि होम अफिसमा कार्यरत स्टाफहरुको बढि बोनस कमाउने लोभ मुख्य रहेको बताइएको छ ।

 

होम अफिसका स्टाफहरुले व्यक्तिगत रुपमा जति बढि डिटेन्सन वा डिपोर्टेसन गर्न सके, त्यति नै बढि बोनस पाउने व्यवस्था सरकारले गरिदिएका कारण बोनसका लोभमा परेका स्टाफले कतिपय अवस्थामा गलत मानिसहरुलाई समेत डिटेन्सनमा राख्ने र डिपोर्ट गर्ने गरेको पाइएको छ । 

 

संसदीय समितिमा बुझाइएको प्रतिवेदनअनुसार सन् २०१५ देखि २०१६ सम्मको अवधिमा यसरी गलत रुपमा गरिएका डिटेन्सनका केसहरुको संख्या १ सय ७१ थियो । जसका लागि सरकारले ४१ लाख पाउण्ड क्षतिपुर्ति बुझाउनुपरेको छ । त्यस्तै, सन् २०१६ देखि २०१७ सम्मको एक वर्षमा यस्ता १ सय ४३ घटना थिए जसमा गलत आधारमा डिटेन्सनमा राखिएको थियो । यसको लागि सरकारले ३३ लाख पाउण्डको क्षतिपुर्ति बुझाउनुपर्यो । सन् २०१२ देखि २०१५ सम्मको अवधिमा ५ सय ५० भन्दा बढि व्यक्तिहरुलाई गलत ढंगले डिटेन्सनमा राखियो जसकारण बेलायत सरकारले १३ दशमलव ८ मिलियन पाउण्डको क्षतिपुर्ति बुझायो । 

 

यो प्रतिवेदनले होम अफिसका सिनियर तथा जुनियर दुवै खाले स्टाफहरुलाई डिटेन्सन तथा डिपोर्टेसनका लागि सरकारले निर्धारण गरेको लक्ष्य पूरा हुंदा बोनस उपलब्ध गराउने गरेको खुलाएको छ । होम अफिसका कतिपय स्टाफहरुलाई बोनस पाउनका लागि उनीहरुले गराउनुपर्ने डिटेन्सन र डिर्पोटेसनका न्युनतम संख्या नै तोकेर व्यक्तिगत टार्गेट दिने गरिएको  पनि पाइयो । 

 

यो प्रतिवेदनले गलत ढंगबाट गरिएका डिटेन्सनको संख्या उपलब्ध गराएपनि क कसलाई डिटेन्सनमा राखिएको भन्ने बारे भने खुलाएको छैन । बेलायती गृहमन्त्री साभिद जाभिदले निकट भविष्यमा उक्त जानकारी पनि उपलब्ध गराउने वचन दिएका छन् ।

 

पछिल्लो २ वर्षको अवधिमा यसरी गलत रुपमा डिटेन्सनमा पर्नेहरुमध्ये १० जनाले १ लाख २० हजार पाउण्डको दरले क्षतिपुर्ति बुझेका थिए ।  तर धेरैजसो पीडितहरुलाई २० हजार वा सो भन्दा थोरै दरले रकम दिइएको थियो । त्यस्तै केहिलाई भने क्षतिपुर्तिको नाममा १ पाउण्ड मात्रै उपलब्ध पनि गराइएको छ । 

 

यसरी क्षतिपुर्ति पाउनेहरुमध्ये कतिपय बेलायतको आवासीय अधिकार हुंदा हुंदै पनि डिटेन्सन वा डिपोर्टेसनमा पर्नेहरु थिए भने कतिपय आवासीय अधिकार नभएपनि निकै लामो समयसम्म डिटेन्सनमा राखिएका थिए । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

  • 59 seconds ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभ

आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

  • 6 minutes ago
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 25 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।