बेलायती युवा जसले अफ्गानिस्तानमा सयौं बम बनाएर विष्फोट गराए

  • मंगलबार, १२ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । लण्डनमा सुरक्षाको हिसाबले निकै संवेदनशिल मानिने वेस्टमिनिस्टर क्षेत्रमा आतंकवादी आक्रमणको योजना बनाएको अभियोगमा एक बेलायती नागरिक दोषी ठहर भएका छन् । 

 

गत वर्षको अप्रिल महिनामा वेस्टमिनिस्टरमा तीन वटा धारिलो छुरासहित पक्राउ परेका २८ वर्षीय खालिद अलीलाई अदालतले दोषी ठहर गरेको हो । अलीले आतंकवादीहरुको लागि लामो समयदेखि बमहरु बनाएर सहयोग गर्दै आएको पनि अभियोग पुष्टी भएको छ । 

 

दोषी ठहर अलीलाई सजाय भने केहि समयपछि सुनाइनेछ । सन् २०१६ मा बेलायत फर्किनुअघिका ५ वर्ष अलीले अफगानिस्तानमा बिताएका थिए । जहां उनले सयौं बमहरु बनाउनुका साथै  विष्फोट समेत गराएका थिए । 

 

अदालतमा बयान दिने क्रममा अभियुक्त अलीले अफगानिस्तानमा बेलायती सेनाविरुद्ध लडेको समेत स्वीकार गरेका थिए । तर त्यसक्रममा उनले बेलायती सेनाको हत्या गरे वा गरेनन् भन्ने विषयमा भने केहि बताएनन् । 

 

सन् २०११ मा अफगानिस्तान गएका अली सन् २०१६ को नोभेम्बरमा बेलायत फर्किएका थिए । त्यसको केहि महिनाभित्रै वेस्ट मिनिस्टर क्षेत्रमा आतंकवादी आक्रमणको योजना बनाएको आशंकामा तीन वटा धारिलो छुरासहित प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

 

बयानका क्रममा अलीले अफगानिस्तानमा आफुले ३ सय भन्दा बढि बम बनाएर विष्फोट गराएको बताएका थिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 6 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।

जय नेपाल हल सधैंको लागि बन्द

  • 12 minutes ago
जय नेपाल हल सधैंको लागि बन्द

काठमाडौँ । काठमाडौँको हात्तीसारमा रहेको जय नेपाल हल सधैंको लागि बन्द भएको छ । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर २० वर्षदेखि संचालन गर्दै आएको हल बन्द भएको हो । सपिङ मल नभएको ठाउँमा हल

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति

  • 15 minutes ago
बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी  आपत्ति

झापा । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।