गोरखा भुपुहरु बेलायतामा – समानताको मुद्धा कहिलेसम्म ?

गोरखा आन्दोलनको समय थियो । एकातिर संगठन निर्माणमा कठिनाई थियो भने अर्को तर्फ जायज माग होइन भन्ने सम्बन्धित आफ्नै जमात र जमातसित सम्बन्धित अन्य बाहिरीय बुद्धिजीविहरुको ठोकुवा उत्तिकै प्रबल थियो । परराष्ट्रहरुसितको पहुच भएका जनताका लागि बोल्न सक्ने सरकारको उच्च तहमा विराजमान राजनीतिपाटिका हुन वा प्रहरी, प्रशासन वा न्यायक्षेत्रका सवैलाई बृटिश गोरखा भुपुहरुको माग जयज हो भन्ने थाहा भएपनि उनीहरुले निको मानिरहेका थिएनन् ।

 

परिवर्तनशील परिस्थितिको कारण राज्यका बुद्धिजीवि संघसंस्था र संचार माध्यमले गोरखाको बुलन्द आवाजलाई साथ दिए । अब दायित्व सरकारको थियो । तर, बोल्ने अवस्थामा नरहेको हो या शक्तिविहीन राज्य भएर हो सरकारको प्रभावकारीता दखिएन । सरकार बोली हाले पनि पहिले नै कसो होला ? भए हुन्थ्यो कि ? जो निघाह † भन्ने शैलीलाई कुटनीतिकको नाम दिएर बोली दिएको बहाना गर्थ्यो । उता बेलायत रक्षा मन्त्रालय कुनै गुन्जाइसै नराखि नेपालको जीवनस्थरलाइ औल्याएर राज्यमा खटिएका सैनिक जेनेरल भएन सरकार प्रमुखमा रहेकाहरुको पारिश्रमिकको तुलनात्मक उपहासका अभिव्यक्ति संचारमाध्यमहरुमा पढन सुन्न पाइन्थ्यो । अझ भएन शदियौको स्वतन्त्र सर्वभौम राष्ट्रप्रति कुनै ख्यालै नराखि विदेशी सेनाको निर्णयलाई लागु गरिएको कुरा उ निर्ढुक्क भन्थ्यो । सरकार मार्फतका पहुचवाला सुन्नेहरु राजाका सामु पुगेर राजाको दर्शनपछि राजाको खप्की भेट्टाएर पछाडी नफर्कि सिर झुकाएर पछि पछि सर्दै राजाको नजरबाट हटेपछि बल्ल ठुलो सास फरेको भान पारेर स्वतन्त्र भई आफ्नाे  बाटो लागेको जस्तै पारामा त्यही उनीहरुको हेपाहा कुरा गोरखाहरुको अगुवाहरुको सामु बकबेदान्ती भावमा अझ उचाल्दै र फुक्र्याउदै आफनो मपाइत्वको सानमा सुनाएर चित्त बुझाउनु पर्ने अर्थमा एक अक्षर नछुटाई वाक्य वंग्याई दोहोर्याइ दिन्थे । 

 

हामी जस्ताहरु जस्को कुरो बिक्दैन थियो । संगठित भै आवाज बुलन्द गर्ने एउटै मात्र उपाय थियो । राज्यसित हारगुहार गरिरहेको अवस्थामा परराष्ट्रसित कुराकानी गर्ने पहुचबाट कोशौ टाढाको सडकमा कराइरहेका थियौ । तिनीहरुको यस्ता कुरा सुन्दा कनसिरी तातिएर आउथ्यो,“त्यस्को बाबु हाम्रो जीवनस्थर रे,  हामी ढिडो खाउ कि सिस्नु , त्यस्लाई के को पिर ? हाम्रा प्र.म. र जेनेरलहरुले के कति थाप्छन त्यस्को सरोकार हो र ? नचाहिने वाइहात । मर्न नसकेको पड्के † काम लगाउन भने सवै एक एक हिसाब खाता राखेर लगाउने, दिने बेलामा चाहि जीवन स्थर र अन्य के के हो के के ?” हामी भित्रभित्रै मुर्मुरिदै गन्गनाउदै मुठ्ठी बटारेर अभियानमा तयार पारेको नारा माथिमाथि उचालि उफ्रन्दै सकिन्ज्याल कराउथ्यौ ।

 

समय बित्दै गयो । गोरखा सेनाले उठाएको मागले देश विदेशका संचार माध्यमहरुले नछापे उनीहरुको समचार सम्प्रेषणमा नै कमी आउने हो कि भने जस्तै भयो एक पटक । बेलायती जनताहरुलाई गोरखाको बारेमा उनीहरुले बेलायती राजमुकुट र जनताको लागि बगाएको रगत र पसिनाको मुल्यबारे भित्रिय तात्विक यथार्थ स्पष्ट थाहा थिएन । बेलायती रक्षा मन्त्रालय र नेपाल सरकारले सामान्य भन्दा पनि सामान्य अर्थमा लिइ आपसमा गोरखाहरुको पसिना र रगतको मुल्यलाई मीठो मीठो भावनात्मक मैत्रीपूर्ण शब्दभरी बाक्यहरुको आवरणले एकाछेउमा थन्क्याएका थिए । त्यसरी नै बलायती जनताहरुले पनि उनीहरुको छातिको मुटुमा र सत्यतथ्य बुभ्mने दिमागको एकाछेउमा थन्क्याएका रहेछन । आन्दोलनको परिणाम स्वरुप गोरखाहरुमाथि भएको बेलायती सरकारको व्यवहारको यथार्थता दुनिया“लाई थाहा भयो । अनि बेलायती जनताह्रु आफुहरु पनि झुक्किएकोमा कराउन थालेपछि भने बल्ल बेलायती रक्षा मन्त्रालय एक्लियो । तर भए पनि उ त्यति सजिलो र त्यति दयालु भने देखिएन । अझ पनि रक्षा मन्त्रालय त्यति खुसी छैन जति काम उस्ले सरकारको तर्फबाट गोरखाहरुको लागि बेलायती जनताको दवावमा गर्नु परेको थियो ।

 

गोरखाहरु जस्ले हामी अन्यायमा परीयो भन्ने महसुस गरी आन्दोलनमा होमिए, उनीहरुले बलायतले यति चाँडो यसरी केही परिवर्तन गरीदेला भनेर सोचेको भने थिएनन् । यो आन्दोलको मर्म सुन्ने कान सातसमुन्द्र पारीको बिरानो शासन व्यवस्था, कुनै समय कहिले सूर्य नअस्ताउने देश, विरानो भाषा, संस्कृति सवै सवै विरानो भएको देशसित फालिएको झुत्ते थाङ्ंना जस्तो अस्तित्वमा बाचेको सानु समुहले अघि बढाउनुु परेको अकाल्पनिक संघर्षमय अभियान थियो । उनीहरुको दिमागमा अन्याय सहनु अपराध हो भन्ने मात्र थियो । न्याय खोज्ने क्रममा उचित अनुचित कुरोले विश्वजगतमा दुनियाँलाई थाहा हुनेछ । अन्याय भएको ठहरे न्याय खोजिएको कुरा इतिहासमा लेखिनेछ । आगामी पुस्ताले धिकार्ने छैनन या न्याय पाएमा आउदो पुस्तालाई न्यायसंगत केही राम्रो त अवश्व होला भन्नेसम्म भएको हो । तर, बेलायतको रक्षा मन्त्रालयले विश्वभरी आफुले गरेको व्यवहार ठीक नभएको र देशमा नै जनताबाट आवाज उठीसकेपछि आफुलाइ सक्दो चोख्याउदै जत्तिकै कठोर नीति लिएपनि नैतिकताबाट उ पछि हट्न सकेन अनि कोनी किन हो त्रिपक्षीय सन्धि सन् १९४७ को कुरा गर्दागर्दै उसले अर्को हतियारको रुपमा सन् १९९७ को विभेद लुकाइएको बिभाजनकारी रेखा कोरी दियो । जस्को कारण वैधानिकता पाएको त्रिपक्षीय सन्धिमा उल्लेखै नभएको नव अव्यवहारिक दुइ खेमामा गोरखा भुपुहरु विभाजित भए । अघोषित तर जस्तो लाग्ने एउटा बेलाखाली (बेलायती सेनासरहका तलब भत्ता पाउण्डमा खान पाउने बेलायती+गोरखाली) र अर्को इन्डिखाली (इन्डियन साम्राज्यकालिन सेनासरहको मात्र भारतीय रुपैयामा पेन्सन खान पाउने इन्डिया+गोरखाली) । 

 

अहिले गोरखाहरु बेलायमा बसोबास गर्न लागेको एक युग सकिएर दोश्रो युग सुरु भएको छ । यसरी नै विस्तारै शताब्दी बित्नेछ । यतिको समयमा बेलायतमा विभाजित मानसिकतामा गोरखाहरुको विविध अवस्थाहरु मध्ये केही आलोचनात्मक दृष्टिले एउटालाई हेर्दा सन्तानब्बेपछिका गोराखालीहरुको ता कुरै नगरे हुन्छ । इन्डिखाली बूढा भुपुहरुलाई भेट्दा र बोल्दा उनीहरुको कदै घट्ला की ? खिइएर भूईमा नै टाँसिएला कि ? भने झै उनीहरुको हाउभाउले बताउछ । यिनीहरु बेलाखालीको अब्बल दर्जाका गोरखाली आफुलाई ठान्छन । अनि सन्तानब्बे अघि भर्ति भएर पछि अवकाश भई बेलायती पाउण्डमा पेन्सन थाप्ने बेलाखाली गोरखाहरु भने केही समयलाई दंगदास थिए । त्यसैले फुर्सदिलो समय बिताउन धेरे जसो यी बेलाखाली भुपुहरु र बिएनओ(ब्रिटिश नेशनल ओभरसीस) पासपोर्ट भित्रगोजीमा बोक्ने गोरखाका सन्तान हौ है भन्नेहरु एन आर एनको तीनवर्षे कालावघिको लागि धढ्यान्न विदेशी नेपालीमुलकाहरुको ढाक्रे हुन सवै खालेहरुमा नेपाखालीहरुलाई समेत हामी एन आर एन नै हौ है कोही पछाडी पर्न या छुट्न हुन्न भन्दै गैर आवासीय ऐन र कानुनमा भए नभएका व्याख्या गर्दै कराउदै फलाक्दै थिए । अहिले आएर यी पाउण्डमा पेन्सन थाप्ने बेलाखाली हुन परेकोमा आफुहरु पनि इन्डिखाली सरह नै फसिएको झुक्याइको भन्ने गुनासो र दुखेसोका साथ हारगुहारका लागि सल्बलाएको सुन्न थालिएकोमा बाघको छालामा उफ्रने श्यालले झै खादै–लाउदै आएको इन्डिखाली गोरखा भुपु संघ संस्थाका भुपुहरुको मै हु भन्नेहरुले अप्रत्यक्ष ढंगबाट भात खाने थाल खोसी दिनेलाई पख्लास भन्दै उफ्रने पाराको भनाई झै उनीहरुको प्रेश विज्ञप्तिहरु स्थानीय नेपाली अनलाईनहरुमा पढन पाइदै छ ।

 

धेरै जसो गरी खान सक्ने इन्डिखाली भुपुहरु नेपालमा बसेका अन्य साधारण नेपाली परिवारहरुको साथमा रहेको भएको एउटा झुपडी र एउटा बाख्रोको पाठो झै बेलायतमा एउटा कार र एउटा बढीमा पच्चिस वर्षको मोर्गेजमा लिएको घर भएकाहरु अलि अलि कता कता नेपाली राष्ट्रियता नत्र भने धेरै जस्तो जातिय र क्षेत्रिय समाज सेवा अनि जातिय राष्ट्रियताले ओतप्रोत छन । जस्का लागि मरिमेटेका पनि छन र आफैमा नराम्रो त होइन । सायद अवकाशपछिको दिन नेपालमा केही टोपीको घेरा लगाउनेहरुको फनफनी घुमाई र हुनसम्मको पिसाइ अनि भुपु संस्थाहरुका विश्वसिला आफन्तहरुको अप्रत्यक्ष फन्दा र धन्दामा परेर होला । तर बेलायतमा बसोबासपछि भविष्यमा प्रभाव पर्न सक्ने र वर्तमानमा गर्नै पर्ने मूल र मुख्य समस्याहरुको बारेमा भने कसैको त्यति चासो देखिदैन । हामी जस्ता अप्रवासी नेपालीको सन्ततिले नेपालमा भोग्नु परेका कठिनाइहरुबाट पाठ सिक्नु पर्ने हो भने हामीकहा“ ति दृष्टान्तहरु धेरैजसो ताजै रहेको पाइन्छन ।

 

हामी यसरी यस्ता दृष्टान्तहरुबाट अलग छौ । विश्वमा भएका आप्mनोपन र आफनो भुमी गुमाउनु परेको घटनाका इतिहासहरु छन् । ती हामीलाई अध्ययन गर्न चासो लाग्दैन । सजिलो र सहज प्रकृया “ल है ” मा जीन्दगी वितेको प्रष्ट छ । त्यो भन्दा पनि सत्य तथ्य भन्दा भावनात्मक तर्कमा र नातागोता अनि गाउँलेको साइनो पातमा मुछिएको फन्दा र धन्दादेखि थरथरी कामेका भुपुहरुको अवस्था उत्तिकै उदेक लाग्दो छ । उमेरले छिप्पिएको भुपुहरुमा यथार्त देख्ने मस्तिष्क र भावनात्मकतामा लिप्त मुटुको अनुभूत प्रतिक्रियात्मक भिन्न दृष्टिकोण छुटाउन नसक्नु एउटा जटिल समस्या आफैमा अटल रहेको छ । समुदायमा आप्mनै नातागोताभित्र रातारात दुगुना तिगुना आर्जन हुने आर्थिक कारोबारका व्यवसाय अगालेर चतुरे समाज सेवा गर्नेको त भुईँमा खुट्टो छैन । दर्शन र आदर्शको खडेरीमा उर्लिएको धर्म, संस्कार र संस्कृतिको  भेटघाटमा बितेको थोत्रो गफामा लम्पसारीएर शताब्दीयौ पछाडी फर्किएको आभाष दिने भावनात्मक क्रियाकलापका दृष्टान्तहरु सवैको आ“खामा साघुरिदै र्सिर्कएको प्रयत्नहरु उत्तिकै रमाइला छन् ।

 

यी विविध इच्छा, मनोकांक्षा अनि कमजोरीपनले विभाजित समुदाय, संघ र संस्थाहरु मध्येभित्रको सदस्यहरु मध्ये पंक्तिकार पनि इन्डिखाली भुपु र नेपाली पासपोर्ट र नागरिकताको प्रमाण पत्र भित्रि गोजीमा बोकेको नेपाखाली पर्यो । गैर आवासीय ऐन २०६४ को गैर आवासीय उप वाक्यको परिभाषामा गोरखा शब्द नपरे ता पनि नेपाली मात्र हुँ है भन्नु पर्दा एन आर एन वर्गभित्र परेको भुईँमान्छेमा पनि पर्न नसक्ने भने होइन नै । भएता पनि नेपाखालीबाट इन्डिखाली भएको हुनाले नै बेलायतको एनआरएन छिर्ने प्वाल  भन्दा फरक बैधानिक ढोकाबाट नै बेलायत आई बसोबास गरेको कर्म नै साँचो कुरो हो । त्यसैले पंक्तिकारले पनि भुपुको समानताको आन्दोलनमा सुरुका दिनबाट केही समयसम्म आप्mना घरको भाडामा पकेको भात खाएर पदम गुरुंग बिचारको झोला बोकेकोले इन्डिखाली र बेलाखाली सम्बन्धि कही कतै केही पनि कुरा लेखिए भनिएमा नहेर्ने र नबुभ्mने त कुरै भएन ।

 

त्यसैले, देखेबुझे अनुसार, बेलायतमा बसोबास हुनथालेका दिनदेखि गोरखा आन्दोलने धेरै प्रकारको रुप धारण गर्यो । ती त्यस्तै रुपहरु मध्येको आजतक अस्तित्व कायम गरेर रहेको एउटा रुप जस्ले गेसोको पदम गुरुङले जोरहातले नै घ्यु खाए झै भएभरको सवै पैसा खायो, केही गरेन । अब हामी गरेर देखाइ दिन्छौ भनि बेलायतमा देखा परेको मूद्र्धन्य रुपको आन्दोलनकारी रथी महारथी नेतृत्वहरुले गोरखाको मुद्धालाई कन्धामा उठाएको पनि अब एक युग बितेर दोश्रो युगमा लागेको छ । यी समयकालमा भएका विविध कृयाकलापहरु हंगामा झै हस्यस्पद भए भन्दा फरक नपर्ने भएका छन । हुदाँ हुदाँ हालैमा बेलायती रक्षा मन्त्रालयले त बेलायतको एन आर एनका उपाध्यक्षलाई पो गोरखा मुद्धाबारे पत्र लेखेको पढन पाइयो । यी तमाम हंगामाजन्य क्रियाकलापका घटना र स्थीतिलाई सुन्दै, हेर्दै र बुझदै जादा त्यी अघिल्ला दिनहरुमा देखेजाने अनुसार मनमा गुडुली परेका केही तथ्य र सिद्धतामा आधारिक मानमा लागेको सार्थक विचारहरु बुदाँगत छोटकरीमा पस्कने प्रयास भएको छ । कतिलाई ठीक लाग्ला कतिलाई नलाग्ला । त्यही मताबिक आएका प्रतिक्रीयाहरु स्वगतयोग्य नै हुनेछन ः

 

१. बेलायतमा बसोबास गर्ने र समानताको लागि हौसिएका सम्पुर्ण सदस्यहरुले बिगतमा गोरखा अभियान कसरी नेपालको कुना कुनाबाट सात समुन्द्र (कालापानी) पारीसम्म आइपुग्यो भन्ने बारेमा गहिरो अध्ययन गरि चिन्तनमनन गर्नु आवश्यक छ जस्तो बुझिन्छ । 

 

२. आन्दोलन वा अभियानमा गोरखाकोे समानताको मुद्धा सम्बन्धित कैयन राष्ट्रिय अन्तराष्ट्रिय स्तरीकृत विज्ञहरुको साथै संचार माध्यम, संघ संस्था, बेलायती जनता र राजनैतिक नेताहरुको सहयोग र समर्थनबाट मात्र यो आंशिक रुपका केही उपलब्धी र आवासीय भिषा सम्भव भएको थियो ।

 

३. बेलायतमा गठन भएको विजिडब्लुएसको पहलमा आवासीय भिषा बेलायतले दिएको हो भन्नेमा हो भन्नै पर्ने हुन्छ । तर अभियानको जग गेसोले नबसालेको भए विजिडब्लुएसका सदस्यहरु सोमालियन र इथोपियनहरु झै नै नेचरलाइजेशन भएर पनि बेलायती नागरिक भने हुने नै थिए ।

 

४. पदम र सिवाकोटीको आन्तरिक अन्तरकुुनामा भएको विमतिको कारण गेसोले गर्नु पर्ने अरु धेरै काम छाडेर साल्मे डाँडामा लागेपछि, नेपालमा हुदाताका गेसोको कदम गलत छ भन्ने र गेसोले मुद्धामा उठाएको पैसाले बेलायतमा खुट्टो टेक्नेहरु बेलायतमा हुनसम्मको ठुला र धेरै जान्ने आन्दोलाकारी रथी महारथी भएका वा हौ भनिमागिएका र मगिरहेका छन । तर उनीहरुको अभियान एक युग वित्यो, सुरुबाट आजका दिनसम्म गरेका कार्यले अनुकुल प्रतिकुल के प्रभाव पार्यो ? लाहुरमा सेक्सन व्याटल ड्रील गरी डिब्रिफ गरे झै डिब्रिफि¨(समिक्षा) गर्न थालेमा सवैथोक सवैको देख्न सक्ने आँखोमा छर्लंग हुन सक्छ । 

 

५. गोटको विषयमा पनि प्रेश विज्ञप्तिमा देखियो । यो मुद्धा भक्खर सुरु भएको रहेछ । यस्ले यी अघिल्ला लडाकु बेलायती गोरखा भुपु संघहरुको आन्दोलनलाई के कस्तो अप्टेरो वा घाटा पर्छ त्यो उनीहरुलाई नै थाहा छ । तर पंक्तिकारको विचारमा एकदइ प्रश्न भने उब्जिएको छ 

 

(क) गोट सम्बन्धि न्याय खोज्न कानुनी लडाईँको लागि सांगठनिक अभियान चलाइदै छ भन्ने सुनिन्छ । यो विषयमा सुने अनुसार छनौटको रुपमा व्यक्ति व्यक्तिले स्वेच्छामा स्वीकारेको विषय भएकोले झन्नै नेपालमा राजीनामा गरेको कुरा जस्तो बुझिन्छ । तर जे होस, मुद्धाका विषयमा मुद्धा आफै र वादी प्रतिवादीको पहुँच र क्षमतामा पनि कति प्रभाव पर्छ भन्ने विगतले देखाएको नै छ । भुपुको मुद्धा सुरुबाट नै समानता कै हो । धेरै पाठ पनि सिकाएको छ ।

 

(ख) बेलायतमा आएपछि सवै गोरखाहरु आ आफनाु अधिकार खोज्न सक्ने भयांै । यो राम्रो कुरो हो । आप्mनु अधिकार खोज्नु पर्छ । तर यो अधिकार खोज्ने क्रम करिब अब ३० वर्ष भन्दा उकालो लागि सक्यो । मुद्धाको उमेर यति छिप्पियो । विपक्षी बाह्रसिङ्गा भै सकेको छ । तर गोरखा अभियान्ताहरुको सोच वा मुद्धामा अघि बढाइएका आवश्यक रणनीतिहरु बच्चो जन्मकालकै झै बामे सर्नेमा नै घिस्रिएको देखिन्छ । 

 

 (ग) विपक्षिको बिभाजन गरी राज गर नीतिलाई हामीले कहिले बुझेनौ । ढिलो बुभ्mयो, अब बन्दुक चलाउन हुकुम दिए जस्तो फौजी हुकुमले हुदैन एकता । त्यस्मा पनि लामो समयसम्म बन्धनमा रहेको कुकुर सांग्लोबाट छुटेपछि खुट्टो उचाल्न न मन्दिर देख्छ न रछान भने झै एकता हुन त कता हो कता अनेकतामा होडबाजी चलेको देखिन्छ ।

 

(घ) मुद्धाको विपक्षी सरकार भएकाले सरकार नैतिकताको आधारमा मात्र गल्छ । नैतिक दवाव श्रृजना गर्ने रणनीति गोरखा सेनामा काम गरेको बन्दुके अनुभव वा विज्ञताले केही काम दिदैन । कम्तिको पनि आधा भन्दा धेरै संख्यामा संगठित भएर एउटै मुद्धामा अन्याय भएको आवाज दिने मात्र हो । त्यसो भए अन्यहरुबाट सहयोग प्राप्त गर्न सकिन्छ । सरकारलाई नैतिक दवाब भनेको भोट दिने जनता, संचार माध्यम, विषय सम्बन्धित अन्तराष्ट्रिय व्यक्तित्व स्थापित विज्ञ जस्ताहरुको आवाजले मात्र सम्भव छ ।

 

५. वर्तमान अवस्थामा जे जसरी अभियानलाई अघि बढाइदै छ । अब अघि बढाउनको लागि जे जस्ता कार्यक्रमहरु अघि सारिएको छ । ती त्यस्ता कार्यक्रम युट्युब र नेपाली अनलाइनलेमा प्रकाशन गरेर मात्र सरकार हल्लेला जस्तो लाग्दैन । राष्ट्रिय अन्तष्ट्रिय पत्र पत्रिकाहरुको मूल हेडिंगमा पुग्ने व्यवस्था कहिले गरेको पाइदैन । जे जति कार्यक्रम गरिन्छ ती कार्यक्रमहरुमा सरकारलाई ड्यासिंग दिन सक्ने व्यक्तित्वको उपस्थिति देखिदैन । बेलायती रक्षा मन्त्रालयले धेरै पाठ सिकेको मात्र नभई दुनियामा रात नपारी शासन गर्ने क्षमता उस्मा रहीआएकाले उस्को मनोबाल र आत्माविश्वस त्यतिकै बलियो छ, त्यसैले उस्को रणनीति के हुनु सक्छ त्यो वर्तमान गोरखा अभियानमा अघिसारिएका रणनीतिहरुलाई अनुमाल लगाउने होे भने अभियान्ता रथी महारथीहरकोे कल्पना भन्दा बाहिर रहेको बुझिन्छ ।

 

६. अधिकार खोज्नु उचित छ । तर अधिकार खोज्नु भनेको गल्लिको कुकुर झै भुक्नाले केही हुदैन बरु सवैलाई दिकदारी हुन्छ र प्रतिकुल झटारो मात्र भेटिन्छ ।

 

७. अधिकार खोज्ने नै हो भने सव भन्दा पहिला ३० वर्षसम्म गरेका काम, युद्ध, मुद्धा, अभियान र विपक्षी सवको समिक्षा गरौ, दुश्मनको हतियारबारे राम्ररी जानकारी राखौ वा पल्टनमा सिकेकोे सिचुएशन, इनिमी फोर्सेस, फ्राइण्ली फोर्सेस अनि डिब्रिफिंगको संझना गरौ । तब त्यहा“ धेरै कुरो निस्कन्छ । गोरखाको लाहुरे दर्जा, बूढेशकालमा पढेको डिग्री र लाहुरे आन्दोलनकारी रथी महारथीहरुको बारेमा बेलायती रक्षा मन्त्रालयलाई राम्ररी थाहा छ, नभएमा बृगेड अफ गोरखा र हामीले हाम्रो अभिभावककोे रुपमा हेरेका मानेका गोरखा पल्टनका साम्राज्यकालिन अग्रेज संस्कारका साहेबबाबुहरु त छदै छन्... ।

 

एकता हुनै नसकेता पनि यी दुवै खाले भुपुहरुको आधा भन्दा बढीको सक्रियताबिना अभियान बढाउनलाई याद रहोस बेलायती रक्षा मन्त्रालय जतिकै सकरात्मक भए पनि बृगेड अफ गोरखालाई थाहा छ अब अलमल्याउन धेरै समय चहिदैन । बढी भए पाँच दश वर्ष । त्यसपछि सन्तानब्बे पछिका अब्बल दर्जाका बेलाखाली मात्र रहने छन । उनीहरुलाई सवै समानतको व्यवस्था भै नै सकेको छ । अन्त्यमा ः स्मरण रहोस, विश्वयुद्धमा बिजय हासिल गुर्न स्थानीय जनताको नै मुख्य भूमिका रहेको भुक्तभोगीहरुको भनाई र हामीले पनि फौजी जीवनमा सुनेको, जानेको र सिकेको पनि हौ । समय सन्दर्भ पनि अनुकुल प्रतिकुल उत्तिकै प्रभावशाली हुन सक्छ । सरकार संकटमा परेको समय सरकारकालागि केही ठुलो काम गर्न नसके पनि केही सहयोग पुगेको महसुस हुन सक्ने जस्ता सानातिना कार्यहरुप्रति पनि उचो स्थानमा आसन ग्रहण गर्न सक्ने र धेरै कुरा बिक्ने अवतारधारी अग्रजहरुको ध्यान जावस । इति । सेवारो साथै गुडमाने सलाम । 

 

कुम्ब्रान, साउथ वेल्स, यु.के. ।

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 6 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।