गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

Norvic Hospital

थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ । 

 

दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो । 

 

सोमबार पनि उद्धार कार्य स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले पानीका कारण यो कार्य हिजोजस्तो सहज नहुने देखिएको पनि बताएका छन् । 

 

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ । 

 

उद्धार गरी निकालिने बालकलाई एम्बुलेन्समा राखेर तुरुन्तै अस्पताल पु¥याउने जनाइएको छ । आइतबार उद्धार गरी निकालिएका चार जनालाई पनि अस्पतालमा राखिएको जानकारी दिइएको छ । 

 

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफाको वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 

 

गुफा बाहिरबाट करिब ३०० मीटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चार जनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज केही र बाँकी भोलिसम्ममा सबैजना निकालिने जानकारी दिएका छन् । 

 

केही दिन लगाएर अक्सिजन भित्र पठाउन सकिनेगरी चिम्नी बनाइएको छ । त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान र बाहिर आउनसक्ने भएको बताएका छन् । 

 

उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरुको अवस्था पत्ता लागेको थियो । 

 

थाइ उद्धार अधिकारीहरुले दिएको जानकारीअनुसार उद्धार कार्यमा करिब एक हजार जना व्यक्ति परिचालन गरिएको छ । 

 

यसमा प्राकृतिक प्रकोपका समयमा मानिसलाई उद्धार गर्न सक्ने विशेष क्षमता भएका विशेषज्ञ टोली र चिकित्सकहरु पनि छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 14 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 23 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 40 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।