लण्डनमा उबरको लाइसेन्स नविकरण नगर्ने टिएफएलको निर्णय अदालतले उल्टायो
- मंगलबार, १२ आषाढ, २०७५
- 2 years ago
- युके

लण्डन । लण्डनमा सञ्चालनका लागि उबरको लाइसेन्स नविकरण नगर्ने ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) को निर्णयलाई अदालतले उल्टाइदिएको छ ।
टिएफएलले गत सेप्टेम्बरमा उबर शहरका लागि 'फिट एण्ड प्रपर' नभएको भन्दै लाइसेन्स नविकरण नगर्ने निर्णय गरेको थियो ।
टिएफको निर्णयविरुद्ध उबरले दर्ता गरेको मुद्धामा वेस्ट मिनिस्टर मेजिस्टे्रट कोर्टमा भएको सुनुवाइपछि अदालतले लाइसेन्स नविकरण गरिदिने निर्णय सुनाएको हो ।
अदालतले उबरको लाइसेन्स १५ महिनाको प्रोबेसन पिरियडका लागि नविकरण गर्ने फैसला सुनाएको हो । उबरले गत वर्ष ५ वर्षको लागि लाइसेन्स नविकरण गराउन आवेदन दिएको थियो ।
अदालतको फैसलापछि उबरका यूके निर्देशक टम एल्भिजले अदालतको निर्णयबारे आफुहरु खुशी रहेको प्रतिक्रिया दिएका छन् । उनले टिएफएलसंगै मिलेर काम गर्न ईच्छुक रहेको भन्दै आफ्नो सेवाका बारेमा उठेका सवालहरुबारे सचेत रहने र आवश्यकता अनुसार समाधानको पहल गर्ने बताएका छन् ।
लण्डन मेयर सादिक खानले अदालतको निर्णयले उबरका सम्बन्धमा टिएफएलले उठाउंदै आएको मुद्धा प्रमाणित गरेको बताएका छन् । १५ महिनाको लागि विभिन्न शर्तहरुसहित लाइसेन्स नविकरण गर्ने फैसला भएको भन्दै मेयर खानले अब उबर आफ्ना कमजोरी सुधार गर्न बाध्य हुने आशा व्यक्त गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- 13 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
- 16 minutes ago

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने
- 19 minutes ago

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।