महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान
- बुधबार, १८ माघ, २०७९
- 1 month ago
- खेल

काठमाडौँ । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यू–२० टोली बंगलादेशतर्फ प्रस्थान गरेको छ ।
फेब्रुअरी ३ देखि ९ सम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।
दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यू–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ । फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् ।
नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
- 5 minutes ago

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला
दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु
- 6 minutes ago

धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते
- 12 minutes ago

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।