टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचन

अङ्कारा । टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचनका लागि आइतबार मतदान भएको छ । 

 

स्थानीय समयअनुसार बिहान ०८ बजे सुरु भएको मतदान बेलुका ५ः०० बजेसम्म जारी रहने सरकारी अधिकारीले जनाएका छन् । 

 

टर्कीका पाँच करोड ९० लाख मतदातालाई देशभरका एक लाख ८० हजार मतपेटिका राखिएको छ । यहाँ सुरक्षाको निकै कडा प्रबन्ध गरिएको बताइएको छ । 

 

यस निर्वाचनबाट यहाँ नयाँ राष्ट्रपति चयन हुने र संसद पनि नयाँ बन्ने छ । यी दुवै निर्वाचन एकैसाथको मतदानबाट हुने व्यवस्था गरिएको हो । 

 

अहिलेको निर्वाचनले टर्कीलाई नयाँ युगमा प्रवेश गराउने अपेक्षा गरिएको छ । संसदीय व्यवस्थाबाट मुलुकलाई राष्ट्रपतीय प्रणालीकोे अभ्यासमा लान खोजिएकोले मुलुकमा नयाँ राजनीतिक प्रणालीको शुरुआत हुनेछ । 

 

यो निर्वाचनले राष्ट्रपतिलाई प्रत्यक्ष मतदानमार्फत निर्वाचित गर्नेछ । त्यसैगरी देशका ८१ प्रान्तमा ६०० जना सांसद पनि यही मतदानबाट चुनिने छन् । 

 

सन् २०१७ को अप्रिल १६ मा घोषणा भएको नयाँ संविधानअनुसार यो पहिलो पटक नयाँ निर्वाचनको घोषणा गरिएको हो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

  • 10 minutes ago
नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

दाङ । प्रहरीले नगदसहित दाङबाट ७ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अव

एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

  • 16 minutes ago
एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आल

बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

  • 24 minutes ago
बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

बर्दिबास । महोत्तरीको बर्दिबासमा भएको बलात्कारको घटनापछि आक्रोशित स्थानीयले आरोपितको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत उनीहरु



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।