बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

  • बिहीबार, ३ आषाढ, २०७८
  • 1 month ago
  • अर्थ

बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे । 

 

सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँको अक्षेतेदेखि गलकोट नगरपालिकाको नरेठाँटी वा हटिया जोड्ने गरी सुरुङमार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको छ । लोकमार्गअन्तर्गत गण्डकी प्रदेशमा पर्ने यो दोस्रो सुरुङमार्ग हो । कास्कीको फेदीदेखि पर्वतको नयाँपुलसम्म सुरुङमार्ग निर्माणका लागि आउँदो वर्ष अध्ययन गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ ।

 

काठेखोलाको अक्षतेदेखि बिहुँ घोडाबाँधेहुँदै गलकोटको हटिया निस्किन ३८ किलोमिटर यात्रा गर्नुपर्छ । नरेठाँटी पुग्न ३५ किमी दूरी छ । यहाँ सुरुङमार्ग बने झण्डै पाँच किमीको सुरुङमार्ग बन्ला भन्ने स्थानीयवासीको आकलन छ । भूगोलको वास्तविक अवस्था, सडक र सुरुङको दूरी तथा त्यसका लागि हुने खर्चको विवरण भने अध्ययनले तयार गर्नेछ ।

 

सुरुङमार्ग अध्ययनका विषयमा स्थानीय तह पनि सकारात्मक छन् । “सम्भाव्यताको खोजी हो, हुने नहुने कुरा अध्ययनले भन्ला”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, “काठेखोलाको ‘मुभमेन्ट’ घट्छ, मध्यपहाडीको हिसाबले यो सकारात्मक छ ।” उनले सम्भाव्यता अध्ययन र नतिजाका आधारमा समयमा काम हुनुपर्नेमा जोड दिए । 

 

बजेटमा सुरुङमार्गको विषय प्रवेशले सर्वसाधारणमा पनि आशा जगाएको छ । “बजेटमा अध्ययनको विषय पर्नु खुसीको कुरा हो, अहिले नै नबन्ला तर बन्यो भने पश्चिम बागलुङको बाटो निकै छोटो हुन्छ” ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका स्थानीयवासी चिन्तामणि शर्मा भन्छन्, “घुमाउरो यात्रा सोझो हुन्छ ।”

 

छब्बीस वर्षअघि ट्र्याक खोल्न शुरु भएको बागलुङ–बुर्तिबाङ मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएपछि स्वरूप फेरिएको छ । बागलुङ बजारदेखि बुर्तिबाङ बजारसम्मको ९१ किलोमिटर दूरी छोटो बनाउन यो मार्गले सहयोग पुग्ने अपेक्षा छ । घोडाबाँधेबाट बुर्तिबाङसम्म कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीयवासी ढुक्क भने छैनन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।