जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ । 

 

उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताए । 

 

उनले भने, ‘वर्षमा एक बालीसमेत नलगाउने बाँझो जमीन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ ।’ 

 

उपमहानगरपालिकाको सो नीति ल्याएपछि आफू निकै खुशी भएको वडा नं. ६ रजौराकी सुशीला भट्टराईले बताइन् । 

 

उनले भनिन्, ‘अब वर्षौंदेखि बाँझो रहेका जग्गा पनि संरक्षण हुने र अनावश्यक रुपमा खेतीयोग्य जमीनमा प्लटिङ गर्नसमेत रोक लाग्नेछ ।’ 

 

उक्त उपमहानगरपालिका ३८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने यहाँ रहेका धेरै खेतीयोग्य जमीन वर्षौंदेखि बाँझै रहेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 10 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 25 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 33 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।