टुकोनले युवा दस्ता बनायो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) सँग आवद्ध टुकोन युथ काउन्सिल (टीवाईसी) ले पूर्णता पाएको छ । यसअघि टुकोन युथ काउन्सिल का संयोजक अर्जुन आचार्य तोकिएका थिए । 

 

उपत्यकास्तरीय समिति विस्तारको लागि आयोजित भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले टिवाइसी गठनको आवश्यकताबारे प्रकाश पार्दै देशभर रहेका श्रमिकहरुको हरेक समस्यामा टुकोन युथ काउन्सिलको साथ र सहयोग रहने प्रष्ट पारे । पिर मर्कामा परेका श्रमिकहरुको आवाज वुलन्द गर्ने भरपर्दो संगठनको रुपमा ‘टुकोन युथ काउन्सिल’को स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले टिवाइसीलाई हरेक श्रमिकहरुको साथमा रहन निर्देशन दिए ।

 

कार्यक्रममा टुकोनका महासचिब बद्री कुमार श्रेष्ठले नवगठित टिवाइसी को उपत्यकास्तरीय समितिलाई बधाई तथा शुभकामना दिंदै श्रमिकहरुको पीडामा टुकोन चुप लागेर नबस्ने बताए ।

 

आइतबार विस्तार भएको समितिको उपाध्यक्षमा निमा लाक्पा शेर्पा, सचिबमा भिम बहादुर कुँवर, सह सचिबमा लुक बहादुर मगर, तथा कोषाध्यक्षमा शम्भु गोले रहेका छन् । 

यसैगरि सदस्यहरुमा सुदर्शन अधिकारी, कल्याण लम्साल, राम के.सी., दिपक अधिकारी, रञ्जन श्रेष्ठ, सुजन नेपाली, सुशान्त खतिवडा, निमा शेर्पा, किरण घिमिरे, रोशन वि.क., दिपेन्द्र कार्की र दावा शेर्पा रहेका छन् ।

 

टुकोनका काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं टुकोनका उप महासचिब आनन्द कुमार रिसाल, टुकोनका काठमाडौं जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

  • 6 minutes ago
दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

एजेन्सी । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु

  • 8 minutes ago
बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु

लण्डन । कोरोना संक्रमणको कारण बेलायतमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित यूकेको फेल्टाममा बसोबास गर्दै आएका ५९ वर्षीय कृष्णबहादुर गुरुङको निधन भएको हो ।

म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

  • 15 minutes ago
म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

एजेन्सी । म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उनी सहभाग



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।