ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्ट नजरबन्दमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ । 

 

वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उहाँ अलेक्सान्ड्रिया, भर्जिनीयामा रहेको आफ्नो निवासमा नजरबन्दमा रहनुपर्ने भएको अमेरिकी समाचार संस्था सिएनएनले बताएको छ । 

 

यो मुद्दामा क्षति भनेको न्याय प्रशासनमा क्षति हो र सम्पूर्ण न्याय प्रणालीको सदाचार्यतामा नै क्षति हो, ज्याकसनले मानाफोर्टलाई उद्धृत गर्दै बताए । 

 

ज्याकसनले भने, “यो विद्यालय होइन । म उहाँको मोबाइल फोन लिन सक्दिन । मैले यसबारे धेरै पहिले सोचेको थिए । मानाफोर्ट म यस्तो बिषयमा मन पर्दैन ।” 

 

सम्पत्ती शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्दानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका बिषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ । 

 

मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा डि सीको संघीय अदालतमा दायर भएका छन् । 

 

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित आरोप मात्र भएका प्रतिक्रिया दिएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

  • 42 minutes ago
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 46 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 56 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।