अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

  • बिहीबार, २८ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ दिने बेलायत भ्रमणको शिलशिलामा विहिबार लण्डन आइपुगेका छन् ।

 

निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो दिउंसो २ बजे लण्डन स्टेनस्टिड एअरपोर्टमा ट्रम्प अवतरण भएका हुन् । पत्नी मेलाइनाका साथमा आएका राष्ट्रपति ट्रम्पले राष्ट्रपतिका रुपमा बेलायत भ्रमण गरेको यो पहिलो अवसर हो । 

 

राष्ट्रपति ट्रम्पले विहिबार अपरान्ह बेलायती प्रधानमनत्री टेरेसा मेसंग भेट्नछन् । सांझ एक रिसेप्सनमा सहभागी हुने उनी बिहिबार राती लण्डनको रिजेन्ट्स पार्कस्थित अमेरिकी राजदूतको निवासमा बस्ने कार्यक्रम छ ।

 

राष्ट्रपति ट्रम्प र  बेलायती प्रधानमन्त्री मेले शुक्रबार बिहान अमेरिकी तथा बेलायती सेनाको संयुक्त सैन्य तालिम प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ । शुक्रबार दिउंसो महारानी एलिजावेथलाई भेट्न राष्ट्रपति ट्रम्प दम्पति बकिङहम प्यालेस पुग्नेछन् । शुक्रबार सांझ स्कटल्याण्डतर्फ लाग्ने राष्ट्रपति ट्रम्पले यो सप्ताहन्त त्यतै बिताएर स्वदेश फर्किनेछन् । 

 

सन् २०१६ को सुरुदेखि नै राष्ट्रपति ट्रम्पले बेलायत भ्रमण गर्ने चर्चाहरु चल्दै आएका थिए । विशेषतः उनको इमिग्रेसनसम्बन्धी नीति र अभिव्यक्तिहरुलाई लिएर बेलायतमा उनलाई भ्रमण गर्न नदिन माग गर्दै चर्को आवाजहरु उठेपछि कैयौंपटक उनको भ्रमण हुने भनिएपनि स्थगित हुंदै आएको थियो । 

 

अहिले राष्ट्रपति ट्रम्प बेलायत आइपुग्दा पनि उनको विरोधमा विभिन्न ठाउंमा प्रदर्शनहरु गर्ने तयारी भएका छन् । नाटो सम्मेलनमा सहभागिता जनाएर बेलायतका लागि उड्नु भन्दा अघि राष्ट्रपति ट्रम्पले बेलायती जनताले गर्ने विरोधसंग आफु 'फाइन' रहने प्रतिक्रिया दिएका थिए । सम्भावित प्रदर्शनहरु रोक्न सुरक्षाव्यवस्था थप कडा पारिएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

  • 1 minute ago
मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

जनकपुरमा साहित्य महोत्सव

  • 13 minutes ago
जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित

चीनमा २५० नयाँ अर्बपति थपिए

  • 15 minutes ago
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।