पहिरोपीडितको पीडाः त्रिपालभित्र जमरा राखेर दशैँ

  • बुधबार, ५ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

जाजरकोट । “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ”, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन् ।

 

गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उहाँको छ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ । गाउँपालिका र अन्य सङ्घसंस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । भएको पाखोबारी सबै पहिराले लग्यो । “घरमा कमाइ गर्ने कोइ नाइ, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौँ, हामी त साह्रै समस्यामा प¥यौँ हजुर”, गोरीले भनिन्, “पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।”

 

उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिराले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको सहारा लिएर बसिरहेका छन् । केही समय विद्यालयमा बसेका उहाँहरु अहिले जङ्गलमा बसेका छन् । विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् । 

 

“त्यही त्रिपालमै जमारा राखेका छौँ”, विस्थापित नैनबहादुर नेपालीले भने, “मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशैँ मनाउने त सपना भइसक्यो,  त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दशैँ हुने थियो ।” बारेकोटमा गएको पहिरामा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् । 

 

“हाम्रो बस्ने ठाउँ पहिराले सबै बगाएर लग्यो, हामीलाई पुर्नवासको व्यवस्था गरिदिनुप¥यो”, विस्थापित गोपाल कामीले भने, “हाम्रो समस्या भनेकै गाँस र बासको हो ।” चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ । विस्थापित परिवारलाई पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 14 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 32 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 1 hour ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।