त्रिभुवन आर्मी क्लबले श्रीलंकन पुलिसविरुद्ध शानदार जित निकाल्यो

  • बुधबार, २५ चैत, २०७७
  • 1 week ago
  • खेल

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले श्रीलंकन पुलिस क्लबविरुद्ध शानदार जित निकालेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले कमब्याक गर्दै ५–१ गोलको जित निकालेको हो ।

 

श्रीलंकन पुलिस क्लबका लागि इभान्स असान्तेले २८ औँ मिनेटमा गोल  गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसपछिको खेलमा आर्मीले गोलको वर्षा नै गर्यो । खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, सुदिल राई र टंक बस्नेतले एक एक गोल गरे । 

 

सन्तोषले ४१ र दोस्रो गोल नवयुगले ४३ औँ मिनेटमा गरेका थिए। ५० औँ मिनेटमा टंकले गोल थपेका थिए। ८४ औँ मिनेटमा सुदिलले गोल गरेपछि आर्मीको जित सहज बनेको थियो। नवयुगले इन्जुरी समयको अन्तिम मिनेटमा गोल थपेका थिए।

 

जितसँगै आर्मी एएफसी कप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणमा पुगेको छ। आर्मीले दोस्रो चरणमा अब भारतको बेंगलरु फुटबल क्लबसँग खेल्ने छ। यो खेल आगामी अप्रिल १४ तारिखमा हुने छ। 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 4 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।