मन्त्री सिंहले भने–कुनै पनि रूख काटिदैन

नयाँ दिल्लीमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब १७ हजार रूखहरू काटिन लागिएको भन्ने समाचारको खण्डन गर्दै भारतीय घरजग्गा तथा शहरी मामिला राज्यमन्त्री हारदीप सिंह पुरीले सोमबार आफू पदमा रहँदासम्म यस व्यवस्थाका लागि कुनैपनि रूखलाई नकाटिने प्रतिवद्धता जनाएका छन् । 

 

उनले भने, “म (हारदीप सिंघ पुरी) मन्त्री रहँदासम्म कुनै रूख काटिने छैन । एउटा रूख कुनै उद्देश्यका लागि काटिन्छ भने यसको सट्टामा हामीले १० वटा नयाँ विरुवा रोप्ने छौँ ।” 

 

“दक्षिण दिल्लीमा सात वटा वस्ती बसालिने तर उक्त स्थानमा हरियाली तीन गुणाले बढ्ने गरी योजना ल्याइनेछ । युवा अधिकारकर्मीहरूले दोष लगाउन अलि छिट्टै गर्नुभएको जस्तो लाग्यो ।” 

 

यसैबीच सार्वजनिक चासोको बिषयभन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गर्नुभएका के के मिश्रले अदालतले यस विषयमा चासो राख्नुपर्ने र अन्तरिम आदेश जारी गर्नुपर्ने बताएका छन् । 

 

दिल्लीको दक्षिणी क्षेत्रमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब २० हजार रूख काट्न लागिएको सन्दर्भमा बोल्दै महालेखापालको एक प्रतिवेदनमा दिल्लीमा नौ लाख रूखको कमी रहेको बताए ।

 

उनले अदालतले सरकारलाई अन्तरिम आदेश जारी गरी रूख काट्ने काम रोक्नु पर्ने बताए । 

भारतीय केन्द्रीय राजधानी नयाँ दिल्लीमा जुन २२ देखि दिल्लीका रूख जोगाउने भन्दै युवा अधिकारकर्मीको अगुवाईमा विरोध प्रदर्शन गरिदै आएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 1 minute ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 7 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 42 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।