सार्वजनिक यातायातमा कोचाकोच यात्रु

Norvic Hospital

दशैं मान्न घर गएका मानिसहरु दशैं मानेर उपत्यका फर्किने क्रम बढिरहेको छ । केहीदिन अघि सुनसान रहेको काठमाडौँ पुन पनि चल्मलाउन थालिसकेको छ । उपत्यकाभित्रिने नाकाहरुमा सार्वजनिक यातायात र निजी प्लेटका गाडीमा सवार भएर मान्छेहरु उपत्यका भित्रिरहेको छन् । 

 

सार्र्वजनिक यातायातमा सर्वसाधारणहरु उभिएर, कोचिएर उपत्यका छिरेका छन् । साँगा, थानकोटबाट उपत्यका छिर्ने नाकामा स्वास्थ्यकर्मीहरुले कुनै पनि परीक्षण गरेको छैनन् । भाँडाको गाडीमा दाउरा मिलाएजस्तो गरि ल्याएको यात्रुहरुको स्थिति कहाली लाग्दो छ । 

 

त्यही पनि ट्राफिक महाशाखाले अनुगमनमा ध्यान दिएको छैन् । गुन्द्रुक खादेको जसरी यात्रु हाल्ने सार्वजनिक यातायातलाई कारबाही पनि गरिएको छ । दशैं मान्न गएकाहरु टीकाको भोलिपल्टदेखि भटाभट उपत्यका फर्किरहेको छन् । उनीहरु यसरी फर्किदा उपत्यका कोरोनाको केन्द्र् बन्न सक्छ भन्नेतर्फ सरकारको ध्यान गएको छैन् । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले नाका टाइट गर्नको लागि निर्देशन दिएको छैन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेर आएको देख्दादेख्दैमा पनि ट्राफिक महाशाखा अनुगमन गर्नतिर त्यति चासो राख्दैन् । साँगा नाकामा खटिएका एकजना ट्राफिक प्रहरीले माथिबाट आदेश आए पो हामीले कारबाही गर्ने हो भन्ने हिसाबले जवाफ दिए ।

 

यातायात व्यवसायीले गृहमन्त्रीलाई नै किनिसकेको भन्ने कुरा स्पष्ट देखिन्छ । होइन भने अनुगमन गर्न लाउनपर्ने हो । दशैं मान्नको लागि लाखौ सर्वसाधारण आफ्नो घर गएका छन् । तिमध्य कतिले कोरोना बोकेर आए अब कतिमा फैलिन्छ । 

यसबारे सरकार किन अबुझ भएर बसेको छ । दशैंको बेला जसरी हुन्छ यातायात व्यवसायीलाई कमाउन मात्र छ । सिटभन्दा बढी यात्रु हालेर हुन्छ कि यात्रुलाई भेडाबाख्रा झै कोच्चाएर हुन्छ । साँगा नाकाबाट भित्रिदै गरेको सिन्धुपाल्चोकको चौताराबाट आएको बसमा त यात्रुलाई सास फेर्नसमेत हम्मेहम्मे परिरहेको देखियो । 

 

अन्य जिल्लाबाट उपत्यका छिर्ने बसहरुमा पनि यात्रुहरुको उही हालत थियो ।  साना गाडीहरुले पनि कोचाकोच यात्रु हालेको छन् । गाडीमा झुन्डिएर आएको यात्रुहरुको व्यथा पनि उही नै छ । एकातिर काममा जाने हतारो अर्कोतिर गाडी नपाउने डर । 

गाडी नपाउने भएकाले झुन्डिएर आउन बाध्य भएको एकजना यात्रु बताए । तर भाँडा भने सिटमा बसेको जति नै तिर्नपरेको गुनासो उनको छ । अहिले उपत्यका छिर्नेहरु सहचालकले मागेजति भाँडा तिर्न बाध्य छन् । सहचालकहरु पनि सरकारले तोकेभन्दा दोब्बर भाँडा असृलिरहेको छन् । 

 

सरकारले सिण्डिकेट हटाइ भनेर दाबी गरेपनि यातायात व्यवसायीले जनतालाई गाडीमा भेडाबाख्रा कोचेझै कोचाएका छन् । जनताहरु गाडी नपाउने डरले उभिएर, ढोकामा झुन्डिएर आउन बाध्य छन् । त कहाँ हट्यो सिण्डिकेट ? वर्षौदेखि यातायात क्षेत्रमा एकाधिकार जमाएका यातायात व्यवसायीले सिण्डिकेट लगाइरहेको छ । 

 

त्यही पनि सिडिकेट हट्यो भनेर सरकारले बाराम्बार दाबी गर्न खोज्नु भनेको लाजको पसारो भएको सर्वसाधारणको ठम्याइ छ । अरनिको रोडमा नँया गाडी हाल्ने साहुले अहिले पनि अरनिको यातायात पालिकलाई आठ लाख रुपिँया बुझाउनुपर्छ । 

आठ लाख नबुझाएसम्म अरनिको यातायात पालिकले रोड परमिटको लागि सिफारिस गर्दैन् । भोलि मुद्धा हाल्न सक्छ भनेर अरनिको यातायात पालिकले गाडी साहुलाई बिल दिदैनन् । रोड परमिट लिनको लागि मात्र नभई कम्पनीको सदस्य बन्नलाई पनि रकम बुझाउनुपर्छ । तर बिल भने गाडी साहुले पाउदैनन् ।

 

एउटा गाडीको लेबी भनेर गाडी साहुसंग दुई हजारसम्म असुल्छ । यातायात व्यवसायीहरुले अरनिको यातायातलाई तिरेको पैसा यात्रुसंग लिएको बढी भाँडा हो । सरकारले तोकेभन्दा बढी भाँडा यात्रुसंग उठाउने, जनता ठग्ने अनि लेबी बुझाउने । जनताले आफ्नो कमाइ खाने जग्गा दिएर बनेको बाटोमा सरकारको लगानी छ । तर यातायात व्यवसायीले त्यही बाटो बेचेर यसरी जनता ठग्दा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र गृह मन्त्रालय कहाँ हरायो । 

 

२०७५ बैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले २०३४ ऐन अन्तर्गत दर्ता भएको यातायात समिति खारेज गरेर कम्पनीमा लाने निर्णय गप्यो । बैशाख ४ गतेभन्दा अगाडि यातायात समितिले गाडी हाल्ने धनीसंग पन्ध्र लाखसम्म रकम असुल्थे । तर यातायात व्यवसायीहरुले विगत पचासदेखि सम्पुर्ण एघार लाख भाँडाको गाडीमा १६ खर्ब ९८ अर्ब लगानी गरेको बापत राज्यलाई राजस्व पनि तिरेको छैनन् । 

 

यत्रो लगानीबाट उठेको नाफाको पनि राज्यले राजस्व पाएको छैन् । २०४९ सालदेखि यातायात व्यवसायीसंग सरकारले लिनपर्ने राजस्व चौधपन्ध्र वटा चीजबीजमा बढेको छैन् । २०४९ सालभन्दा पछाडि जनताले यातायात व्यवसायीलाई तिर्नपर्ने भाँडा बिसौं गुणाले बढेको छ । 

 

सरकारले पाँच वटा गाडी हुने साहुलाई कम्पनीमा र एउटा गाडी हुने साहुलाइृ घरेलुमा लगेर पञ्जीकरण गरेर चलाउने निर्णय गरेको थियो । २०७६ जेठ १८ गतेदेखि यो निर्णय कार्यान्वयनमा गयो । तर कम्पनी ऐन २०६३ को दफा ९ मा १०१ मात्र सदस्य बनाउने पाउने निति उल्लेखीय छ । 

त्यस्तै एउटा कम्पनीले १०१ मात्र गाडी राख्न पाउने स्पष्ट लेखिएको छ । अहिले अरनिको यातायात पालिकसंग आठ सयवटा गाडी छ । एउटा गाडीको आठ सय सदस्य छन् । यो कानुन विपरीत काम होइन् । अरनिको जस्तै अरु यातायात कम्पनीहरुमा पनि हजारवटासम्म गाडी छन् । 

 

तर अरनिको कम्पनीले अरु गाडी साहुहरुलाई कम्पनी खोल्न दिएको छैनन् । गाडी साहुहरुले आफै कम्पनी खोल्ने हो भन्ने राज्यलाई राजस्व आँउछ । अरनिको कम्पनीले आफ्नो कम्पनीको लेटरप्याड बेचेर, राज्यलाई अध्यारोमा राखेर पैसा लिइरहेको छन् । 

 

सरकारले कम्पनीमा गएर पञ्जीकरण नभएको गाडीको रोडपरमिट र सवारी दर्ता खारेज गर्ने निर्णय गरेको छ । अहिलेसम्म कति गाडी घरेलु, कम्पनीमा गएर पञ्जीकरण भयो यसको डाटा सरकारसंग छैन् । अहिले पनि यातायात व्यवसायीहरुले पञ्जीकरण नगरेको गाडी बाटामा गुडाइरहेको छ । 

 

यातायात व्यवस्था विभागले यस विषयमा मतलब गरेको छैन् भने ट्रफिक महाशाखाले चेकिड. गरेको देखिदैन् । यातायात व्यवसायीको एउटा गाडीमा दशदेखि असी लाखसम्म लगानी छ । एउटा गाडीले दिनमा पाँचदेखि पचास हजारसम्म आम्दानी गर्छ । 

 

लगानी र दैनिक कमाइको राज्यले राजस्व पाएको छ ? पाएको छैन् । एउटै कम्पनीमा आठ सय गाडी राख्दा कति लगानी हुन्छ । तर राज्य राजस्वविहिन छ । अझ कम्पनी अडिट गर्दा घाटा देखाउछन् । सरकारले पटकपटक भाँडा बढाएपनि यातायात व्यवसायी भाँडा बढेन् भन्दै आन्दोलन गर्छन् । 

 

तर बढेको भाँडा भने जनताले तिरिरहेको छन् । बीस वर्ष कटेका पुराना गाडी चलाएर एकै ठाँउमा दुर्घटनामा पारेर ३२ जना मार्छन् । राज्यले लिनपर्ने लिनेपर्ने राजस्व बढाउन पनि दिदैनन् । नँया बस र ट्याक्सकिो दर्ता खोल्नपनि दिदैनन् । यिनीहरुको काम नै बाटा कब्जा गर्ने र जनता ठग्ने हो ।

यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयलाई प्रलोभनमा पार्ने । यातायात मन्त्री र विभागका डिजीलाई पैसा भइपछि केही नचाहिने । यसरी कोचाकोच यात्रु हालेर ल्याउदा कोरोना फैलिने भयो । न नाकामा चेकजाँच हुन सकेको छ । न त कसैले स्वास्थ्य मापदण्डको पालना गरेको छन् ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

  • 15 minutes ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्

राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

  • 27 minutes ago
राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन्। आज बुधबारबाट काठमाडौँमा सुरु भएको राप्रपाको एकता महाधिवेशनक

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

  • 28 minutes ago
मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।